३४ घण्टा पछी खुल्यो जुम्लामा भएको सडक बन्द

जुम्ला,२६ साउन । बिहिबार बाट बन्द कर्णाली राजमार्ग खुलेकाे छ ।

विहिबार विहान करिब ४ बजेदेखि अबरुद्द राजमार्ग शुक्रबार दिउसाे २ बजे करिब ३४ घण्टापछि राजमार्ग खुलेकाे हाे ।

खाेज उद्दार तथा अनुसन्धानका लागि केन्द्रकाे विज्ञ टाेलि खटाउन पहल गर्ने, आजै पत्र पठाउने,छाेराछाेरीकाे पठनपाठनकाे तथा  राेजगारीकाे व्यवस्थापनमा पहल गर्ने,सर्वाेच्चमा मुद्दा प्रक्रिया अघि बढाउने,उच्च सरकारी वकिलले ३ दिनभित्र मुद्दा तयार गरिदिने,तथा बेपत्ता गिरीकाे खाेज अनुसन्धानका लागि सबै निकायले सहयाेग गर्ने लगायतका सहमति पछि बन्द कर्णाली राजमार्ग खुलेकाे हो ।

श्रीमान बेपत्ताभएपछि श्रीमती मिना गिरि छाेराछाेरी लिएर ईटहरी गएर मजदुरी गरिरहेकी छन् ।  पिडित पक्षले बेपत्ता धन गिरीकाे श्रीमतिकाे राेजगारीकाे व्यवस्थापन गरिदिन माग राखेका थिए । तत्काल कुनै निकायबाट राेजगारी उपल्बध गराउने सहमति भएकाे छ ।

राजमार्ग खुलाउन विहिबारनै प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे, डिएसपी प्रल्हाद कार्कि,शसस्त्र प्रहरीका एसपी चेतराज जाेशी,सहित जनप्रतिनिधि,राजनितिक दल र पिडितपक्ष बीच वार्ता गरेपनि साझ सम्म निष्कर्ष बिनै टुंगीएकाे थियाे ।

शुक्रबार पुन:जारी वार्ताले पिडित पक्ष संग सराेकारवालाले घटनाकाे थप प्रभावकारी अनुसन्धानमा जाेड दिने,राेजगारी,छाेराछाेरीकाे पठनपाठनका लागि पहल गर्ने सहमती भएपछि करिब  ३४ घण्टापछि राजमार्ग सुचारु गरिएकाे छ ।

२०७७ साल असाेज १५ गते बेपत्ता भएका चन्दननाथ ९ बयालकाटिया निवासी २२ वर्षिय  धन गिरीले न्याय नपाएकाे भन्दै आफन्तले सडक बन्द गरेका थिए । यसअघि साउन १५ गते पत्रकार सम्मेलन गरि आफ्ना मागकाे सुनुवाई नभए साउन २५ गते सडक बन्द गर्ने बताएका थिए । तर १० दिन सम्म कुनै सुनुवाई नभएपछि साउन २५ गते विहान ४ बजेदेखि सडक बन्द गर्न बाध्य भएकाे पिडित पक्षले बताएका छन् ।

बेपत्ता धन गिरीकाे खाेज उद्दार,अनुसन्धानमा पहल गर्ने,राेजगारीकाे व्यवस्थापन गर्ने,विज्ञ अनुसन्धान टाेली खटाउन तत्काल पहल गर्ने लगायतका  सहमतीपछि सडक खुलाउन तयार रहेकाे पिडित पक्ष तुलराज गिरीले बताए ।

न्याय नपाएपछि सडक बन्द गर्न बाध्य भएकाे र त्यसबाट पर्न गएकाे असुविधा प्रति उनले क्षमा मागे । साथै अनुसन्धान प्रक्रियामा तदारुकता देखाउन अपिल समेत गरेका छन् । उनले  न्यायधिषकाे फैसला चित्त नबुझेकाेले न्याय परिषद सम्म पुग्ने उल्लेख गरे।

कर्णाली प्रदेशका सांसद देवेन्द्र बहादुर शाहीले पिडित पक्षकाे राहत तथा उद्दारका निम्ति व्यक्तिगत हिसाबले पहल गर्ने बताए ।

डिएसपी प्रल्हाद कार्किले घटनाकाे अनुसन्धानका लागि विज्ञ टाेली खटाईदिन आजै केन्द्रमा पत्र पठाउने बताए । झण्डै  ३४ घण्टा राजमार्ग अबरुद्द हुँदा  सयाै यात्रु अलपत्र परेका थिए ।