गजल

नवराज न्याैपाने ‘माैन’

झण्डा म बाेेक्छु साथी नारा उराल्न सक्छु
आँगाे बनेर बल्दै पत्थर पगाल्न सक्छु

पीडा सधैं नहाेला आँशा हजार हुन्छन्
राेएर आज धेरै आँखा पखाल्न सक्छु

मनमा सदैव नाैलाे हिम्मत लिएर बढ्दा
जे जे पराेस् सुनामी बाधा चुँडाल्न सक्छु

राम्राे गरेर बढ्दा लाठी तिमी उचाल्छाै
बाधा तिमी भएमा के काम थाल्न सक्छु

खाेला तरेर लाैराे बिर्सेर जानु हुन्न
यात्री बनेर सच्चा बाटाे नियाल्न सक्छु

( बहर: मुजारे मुसम्मन अखरब)
स्राेत: परिश्रमी पाठशाला (बहर- छन्दशाला) अभ्यासमाला