पारिश्रमिक कटाएर नागरिकलाई खाद्यान्न वितरण

हुम्ला- सिमकोट गाउँपालिका वडा नम्वर १ स्थित दोजामका वडाध्यक्ष गोर्ख लामाले आफ्नाे पारिश्रमिक कटाएर नागरिक निशुल्क खाद्यान्न वितरण गरेका छन।

सिमकाेट गाउँपालिका १र २ काे चैतलाे पर्वलाई लक्षित गरि वडाध्यक्ष लामाले पारिश्रमिकबाट २१५ घरधुरीलाई निशुल्क खाद्यान्न वितरण गरेका हुन।

वडाध्यक्ष लामाले २० महिनाकाे नेपाल सरकारबाट आउने सुवासुविधा बापतकाे रकम स्थानीयलाई खाद्यान्न सहयाेग गरेकाे जानकारी दिए।

वडा नम्बर १ ठेहे गाउँका नागरिकलाई १ सय घरधुरीलाई प्रति घरधुरी १ लिटर तेल,५ किलाे नुन,५ किलाे आटा वितरण गरिएकाे वडाध्यक्ष लामाले बताए।

दाेसाे चरणमा दाेजाम गाउँका ११५ घरधुरीलाई पनि रहत सहयाेग गर्न लामाको भनाई छ।