हुम्ला– उत्तरी नाम्खा गाउँपालिकामा पहिलाे पटक पानी परिक्षणकाे लागि स्थापना गरिएको छ।
विश्व पानी दिवसकाे अवसरमा जिल्लामै पहिलाे पटक पानी परिक्षण ल्याब स्थापना भएकाे हाे ।
वास इकाई याल्वाङद्वरा नाम्खा गाउँपालिका पानी परिक्षणकाे लागि ल्याब स्थापना गरिएकाे वास इकाइ याल्वाङका संयाेजक दन्त बहादुर शाहीले जानकारी दिए।
३१ औ विश्व पानी दिवसकाे अवसर पारेर पानी परिक्षणकाे लागि जिल्लाकै पहिलाे पटक पानी परिक्षणकाे लागि ल्याब स्थापना भएकाे वास इकाई संयाेजक शाहीले बताए । अब पानी परिक्षण यस ल्याबबाट हुनेछ।
गाउँपालिका उपाध्यक्ष तक्दिर लामा,प्रमुख प्रशासकिय अधिकृत शैलेर किरण राई, इन्जिनियर समीर लामा,स्वास्थ्य शाखा संयाेजक ग्याछाे लामा, प्रशासन शाखा प्रमुख माेहन बहादुर शाही याेजना शाखा प्रमुख रेशम फडेरा, शिक्षा शाखा प्रमुख मनराज बुढा लगायत उपस्थिति रहेका थिए ।
कर्णाली रैवार संवाददाता । १० चैत्र २०८०, शनिबार १५:४९