हुम्लामा पहिलाे पटक स्मार्ट बाेडबाट पठनपाठन

हुम्ला -जिल्ला सदरमुकाम सिमकाेटमा रहेको मानसरोवर नमुना माध्यमिक विद्यालयले जिल्लामै पहिलाे पटक स्मार्टबाेर्डबाट पठनपाठन सुरू गरेकाे छ।

आइतबारदेखि औपचारिक रूपमा जिल्लामै पहिलाे पटक स्मार्टबाेर्ड जडान गरि पठनपाठन सुरू गरेकाे हाे ।

३१ लाख ८२ हजार ४ सय लागतमा जिल्लाकै पहिलाे पटक स्मार्टबाेर्ड जडान गरिएको छ।
स्मार्टबाेर्डबाट पठनपाठन हुन थालेपछि छात्रछात्रा खुसि देखिएका छन ।

किताब पढदा नुझेका कतिपय कुरा स्मार्टबाेर्डबाट अध्ययन गर्दा सहजै बुझिने कक्षा १० की छात्रा रेखा रावतले बताए।

“श्रव्यदृश्यका माध्यमबाट पठनपाठन हुँदा छात्रछात्रले पनि रमाइलो मानेर ध्यानपुर्वक सुन्ने गर्छन मानसरोवर नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले जानकारी दिए।

याे प्रविधि जिल्लामै पहिलाे मानसरोवर नमुना विद्यालयले सुरू गरेकाे प्रधाध्यापक शाहीले बताए । १२ वटा कक्षाकाेठामा
स्मार्टबाेर्ड जडान छ अब शिक्षकशिक्षिकालाई चक डस्टर प्रयाेग गर्नुपर्दैन प्रअ शाहीकाे भनाई छ। याे प्रविधिबाट पठनपाठन एकदमै प्रभावकारी हुन्छ, प्रअ शाहीले भने। कक्षा-६ देखि १० सम्म अध्ययनरत मानसराेर नमुना माध्यमिक विद्यालयमा ५७० जना विद्यार्थी अध्ययन गर्दछन। तस्बिर सहित