साँस्कृतिक र पर्यटनमा मितेरी साइनाे गाँस्दै जनप्रतिनिधि

हलेसी तुवाचुङ नगरपालिका खोटाङ र नाम्खा गाउँपालिका, हुम्ला वीच औपचारीक रुपमा मितेरी साइनो कायम भएको छ ।

हुम्ला-नाम्खा गाउँपालिका र  हलेसी तुवाचुङ नगरपालिकाले साँस्कृतिककाे विकास र विस्तारका लागि दुईपक्षीय साँस्कृतिक सम्बन्ध कायम गर्न भएका छन।

साँस्कृतिक सम्बन्ध कायम गर्ने उदेश्यले मितेरी साइनो गाँस्नकाे लागि प्रस्ताव गरेका हुन।

शुत्रबार हलेसी नगरपालिकाका खाेटाङकी प्रमुख विमला राई र नाम्खा गाउँपालिका अध्यक्ष प्रेेमबहादुर लामा बिच एकआपस मायाकाे चिनाे साटदै साँस्कृतिक र पर्यटनमा साझेदारी गर्दै अघि बढ्ने प्रतिवद्वता गरिएको नाम्खा गाउँपालिका अध्यक्ष प्रेेमबहादुर लामाले जानकारी दिए। कार्यक्रममा हलेसीका जनप्रतिनिधि,कर्मचारी र हुम्लाको नाम्खा गाउँपालिका जनप्रतिनिधि , कर्मचारी उपस्थिति रहेकाे अध्यक्ष लामाले बताए।

हलेसी तुवाचुङ नगरपालिका खोटाङ र नाम्खा गाउँपालिका, हुम्ला वीच औपचारीक रुपमा मितेरी साइनो कायम भएको छ । मितेरी साइनाे गाँस्ने कार्यक्रममा  करदाता सेवा कार्यालय खोटाङका कर अधिकृत, रावा बेसी गाउँपालिकाका, केपिलासगढी गाउँपालिकाका र चिसंखुगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लगायत अन्य कर्मचारी वुद्दिजिविहरुको उपस्थिति रहेको थियो ।

यस संगै हलेसी तुवाचुङ नगरपालिका खोटाङ र नाम्खा गाउँपालिका, हुम्ला वीच औपचारीक रुपमा मितेरी साइनो कायम भएको छ ।