चंखेली गाउँपालिका ६ स्थित मेल्छाम स्वास्थ्यचौकीमा कार्यरत अनमी उच्च रक्तश्रावले थलिएपछि हेलिकोप्टरबाट उद्धार गरिएको छ ।
दाङको घोराही नगरपालिका १५ स्थाई घर भएकी ३५ वर्षीया निशा नेपालीलाई गृह मन्त्रालयको समन्वय र कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल, प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाल र स्थानीय धुब्रबहादुर शाहीको पहलमा उद्धार गरिएको हो ।
मंगलबार बिहानदेखि उच्च रक्तश्रावले थलिएकी अनमीलाई बुधबार बिहान १० बजेर ४५ मिनेटमा उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलका अनुसार गृहमन्त्रालयसँग समन्वय गरी सामाजिक विकास मन्त्रालयले रकम व्यहोर्ने गरी जोखिममा परेकी अनमीको उद्धार गरिएको बताए ।
नेपालीलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।
नरजन तामाङ । १८ बैशाख २०७६, बुधबार १२:१४