तांजाकोटमा ग्रामिण अल्ट्रासाउन्ड सेवा सुरु

हुम्ला,३ असार । तांजाकोट स्वास्थ्य शाखाले अल्ट्रासाउन्ड कार्यक्रम आयोजना गरेको छ ।

हुम्ला जिल्लाको ताजाकोट गाउँपालिकाले आ.व . २०७९/८० मातृ  तथा नवशिशु कार्यक्रम अन्तर्गत असार ३ गते देखि ग्रामिण अल्ट्रासाउन्ड कार्यक्रम संचालन हुने तांजाकोट गाउँपालिका स्वास्थ्य शाखाले बताएको छ ।

ग्रामिण भेगमा अल्ट्रासाउन्ड कार्यक्रम संचालन हुंने हुंदा ग्रामिण भेगका गर्भवती महिलालाइ चेकजांच गर्न सहज हुने स्वास्थ्य शाखा  संयोजक धनराज ढकालले बताए ।

पहिलो पटक ग्रामिण भेगमा यो कार्यक्रम संचालन हुने भएको संयोजक ढकालले बताए । परिक्षण गर्न आएकी ताजाकोटको बिनिता शाहिले गाउंमै परिक्षण गर्न पाउँद  खुशी भएको बताइन ।

मन्पुरा हमाल , निशा सार्की र  पुजा शाहिका  अनुसार यो भन्दा पहिले अल्ट्रासाउन्ड  गर्न बाजुरा जान पर्ने अवस्था रहेको हुंदा गर्भवती महिलाले पालिकामै सेवा पाउनु खुशिको कुरा रहेको बताइन ।

कार्यक्रम असार ३ र ४ गते मैला स्वास्थ्य चौकिमा, ५ गते गोठेलबाडा मा, ६ गते मदाना स्वास्थ्य चौकी र ७ गते भैसामाझ सामुदायिक स्वास्थ्य इकाइ मा संचालन हुने छ ।