कुरै त हो नि !

नवराज न्यौपाने ‘मौन’

रचना बेच्नु एउटा कुरा,रचना चोर्नु अर्को कुरा
दूध किन्नु एउटा कुरा,भकारो सोहोर्नु अर्को कुरा
किसानी गर्नु एउटा कुरा,बिचौलिया हुनु अर्को कुरा
साथमा हुनु एउटा कुरा, सम्झेर रुनु अर्को कुरा ।

दाम कमाउनु एउटा कुरा, नाम कमाउनु अर्को कुरा
कलम समाउनु एउटा कुरा, तरबार समाउनु अर्को कुरा
बुझेर लेख्नु एउटा कुरा,बिकेर लेख्नु अर्को कुरा
लेखककै नाम दिनु एउटा कुरा ,झिकेर लेख्नु अर्को कुरा ।

साधना गर्नु एउटा कुरा,साधक बन्नु अर्को कुरा
बाटो खन्नु एउटा कुरा,चिहान खन्नु अर्को कुरा
खस्रो बोल्नु एउटा कुरा ,चिल्लो घस्नु अर्को कुरा
स्वदेशमा बस्नु एउटा कुरा, विदेश पस्नु अर्को कुरा ।