हुम्ला,८ भदौ ।हुम्लाको सर्केगाड अन्तर्गत रिपगाड खोलामा बाढी आंउदा एक जना बेपत्ता भएका छन ।
घर फर्किने बेला सर्केगाड गाउँपालिका- २ स्थित रिपगाड खाेलामा बाढीमा परि ताजाकाेट गाउँपालिका-४ गल्लावाडाका अन्दाजी ४०/ ४५ वर्षिय नन्द ऋीषी जैसी बेपत्ता भएका छन ।
घटना स्थलमा इलका प्रहरीचाैकी सर्केगाडबाट र जिल्ला प्रहरी कार्यालय हुम्लाबाट सइ शंकर श्रेष्ठको टाेली खटिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिए।
बिहान साढे ७ बजे बाढीले खाेला बन्द भएपछि जैसी बेपत्ता भएकाे उनका भाइ जयधर्म जैसीले खबर दिएकाे जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी भिमलाल भट्टराईले बताए।
बाढीले कर्णालीको पानी थुनियो
रिपागाड खोलामा आएको बाढीले हुम्ला कर्णालीको पानी थुनिएको छ । माथिबाटै बाढीसँगै आएको लेदोले रिपागाडमा हुम्ला कर्णालीको बहाब दश मिनेट रोकियो । कर्णालीको पानी रोकिएपछि रिपागार्डको आसपास भएको बाली लगाएको ठूलो जमिन पुरै डुवान भएको छ ।
‘कर्णाली र रिपगाड खोलाको पानी बाढिसँगै आएको लेदोले रोकेपछि आसपासको जमिनमा ताल बनेको छ’ बिजय फडेराले भने ‘टाढाबाट हेर्दा पुरै जमिन तालजस्तै देखिन्छ । नजिक जाने अवस्था छैन् ।’
बाढिका कारण रिपगाड जलबिधुत आयोजनामा क्षती पुर्याउदा बिजुली प्रवाह हुन सकेको छैन । बत्ती नहुदा संचरका साधन मोबाइल सम्पर्क हुन सकेको अवस्था छैन ।
कर्णाली रैवार संवाददाता । ८ भाद्र २०८०, शुक्रबार १०:४९