नन्द सिंह हुम्लाका सातवटै स्थानीय तहहरुले कोरोना भाइरस (कोभिड १९) का लागि खरिद गरेका सामग्री कहाँ गएका छन । त्यसको असर प्रत्यक्ष दैनिक मज्दुर गरेर बसेका व्यक्तिहरुलाई परेको देखिन्छ ।
जिल्लाका सात वटै गाउँपालिकाले कोरोना सम्वन्धि सम्पुर्ण सामग्री खरिद गर्ने भनेर निर्णयमा मात्र सिमित रहयो, तर केही गाउँपालिकाले भने खरिद गरेता पनि पावर र पहुँचका भरमा गरीवका नाममा आएको सामग्री हुनेखानेलाई नै वितरण गर्यो । जिल्लामा हजारौँ घर परिवार गरिवको रेखामुनि छन् तिनिहरुको मुखमा मास्क नत हातमा गलव्स् ।
खरिद प्रकृया पुरा गरेका स्थानीयतह भने अहिले मुखदर्शि भएर बसेको पाइएको छ । मुखमा मास्क र हातमा गलव्स नभएपछि नचाहेर पनि हुम्लाका मज्दुर गरेर खाने व्यक्तिद्धारा ठाडै लकडाउनको उलंघन गर्न बाध्य भएका छन् ।
विश्व माहामारिको चपेटामा परि रहेको वेला हुम्ला जिल्लाका महिलाहरु साना देखि ठुला विकासे योजनामा महिलाको सहभागिता बढ्दै जान थालेको छ । तर कोरोना संत्रासका कारण विश्वनै घर भित्र वसि रहेको छ भने यहाँका महिलाहरु विमान स्थलमा खाद्यान्न बोक्दा र खेलकुदको मैदानमा गिट्टी कुट्दाको समयमा उनिहरुको मुखमा मास्क नत हातमा गलवस नै देखिन्छ ।
यस अघि सरकारले घर वाहिर ननिस्कन वाध्यकारी नियम लगाए पनि उनिहरुले वेवास्था गर्दै सरकारको ठाडै उलंघन गर्दै आएका छन् । दैनिक मज्दुरीहरुलाई सरकारले राहातको ज्ञारेन्टी गर्ने आश्वासन दियो, तर हुम्लाका मज्दुरी भने उही पुरानै अवस्थामा रहेर काम नगरि खान नपाउने गुनासो गर्न थालेका छन् ।
हुम्लामा दैनिक मज्दुरी गर्ने व्यक्तिका लागि काम गर्दा विभिन्न सुरक्षा अपनाएर गर्दा उत्तम हुने गरेको भए पनि त्यसो नगरि जिल्लाका सरकारी निकाय तथा ठेकेदारहरुले जिम्मेवारीको बहन नगरेको प्रत्यक्ष देखिएको छ । अहिले विकास निर्माणका काममा महिला गिटि ढुङ्गा बालुवा चाल्ने देखि लिएर गोरेटोबाटो सडक निर्माणमा लागेको देखिन्छ ।
यसरी ज्यालादारीमा काम गर्ने जो सुकैलाई पनि सरकारले यो लगडाउनका वेला गास वास कपासको व्यवस्था गर्नु पर्ने भए पनि सो व्यवस्था नगरिएको मज्दुर महिलाले बताइन् । काम नगरी घर चुलो समेत नबल्ने भएकाले यो लगडाउनको वेला ज्यानकै वाजी लगाएर विकासे काममा निस्कने गरेको उनिहरुको भनाई छ ।
कर्णाली रैवार संवाददाता । १५ बैशाख २०७७, सोमबार ११:३१