कर्णाली प्रदेशमा चार बालबालिकासहित ४३ जनामा देखियो कोरोना संक्रमण

कर्णाली प्रदेशमा बुधबार चार बालबालिकासहित ४३ जनामा कोरोना संक्रमण देखिएको छ । बुधबार कर्णालीका चारवटा प्रयोगशालामा चार सय ८१ जनाको स्वाब परीक्षणमा चार बालबालिकासहित ४३ जनामा कोरोना संक्रमण देखिएको हो । सल्यान वनगाड कुपिण्डे नगरपालिका– १ का १० महिनाका बालक, तीन वर्षका बालिका, दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका– ३ का दुई …

कर्णाली प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता शाहीद्धारा हिमाली जिल्लाका नागरिकहरुलाई टिकटमा अनुदानको ब्यबस्था गर्न माग

राज शाही हुम्ला  कर्णाली प्रदेश सभाका प्रमुख प्रतिपक्ष दलका नेता जीबन बहादुर शाहीले देशका बिभिन्न क्षेत्रमा कोरोना कहरले अलपत्र परि हाल नेपालगंजबाट हवाई उद्धार गर्न लागिएका हिमाली जिल्लाका नागरिकहरुलाई टिकटमा अनुदानको ब्यबस्था गर्न माग गरेका छन् । पाँच हप्तासम्म नागरिकहरु अलपत्र परि आर्थिक रुपमा बेसाहार भएको कारण उनीहरुलाई हवाई टिकटमा …

यस अघि रोकिएको नियमित खोप सुचारु

राज शाही यस अघि रोकिएको नियमित खोप सुचारु भएको छ । सिमकोट गाउँ पालिकाले यस अघि प्रत्येक महिनाको ८ गते लगाउदै आएकोमा यो महिना कोभिड १९ का कारण केही समय सरेपछि वैशाख ११ गतेबाट सुरु गरिएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताउनु भएको छ । उहाँका अनुसार सिमकोट …

सरकारी कम्पनीले हुम्लाका जनतालाई बेच्यो अमिलो चामल

सुर्खेतबाट बाजुराको कोल्टी, मार्तडी हुँदै खच्चडबाट ढुवानी गर्दा चामल पानीमा भिजेको थियो र डिपोले पनि चिसोमा भण्डारण गर्दा कुहियो सरकारी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हुम्लाका जनतालाई कुहिएको चामल बेचेको भेटिएको छ । अदानचुली गाउँपालिकास्थित श्रीनगर डिपोबाट किनेको चामलको भात खानै नहुने अमिलो भएको गुनासो उपभोक्ताले गरेका छन् । कतिपयले चामल कुहिएको …

क्वारेन्टाइनमा वल्र्डलिंकले दियो निशुल्क सेवा

हुम्ला–कर्णाली प्रदेशका ग्रमिण जिल्लामा सेवा दिदै आएको वल्र्डलिक कम्युनिकेशनले हुम्लाको रानीबनमा रहेको क्वारेन्टाइनमा निशुल्क सेवा दिएको छ । जिल्लाका सातै गाँउपालिका विभिन्न स्थानहरु सेवा प्रदान गरेको वल्र्डलिक कम्युनिकेशनले क्वारेन्टाइनमा बसेका लाई पनि सेवा दिएको हो । क्वारेन्टाइनमा बसेका ४०देखि ५० जनालाई इन्टरनेटको सहज हुने भएको छ । आइतबार वल्र्डलिकं कम्युनिकेशन …

हिमालपारीका लिमेली जनताले लकडाउन थाहा पाएनन

काठमाडौबाट आफान्तहरुले फोन गरेपछि देश लकडाउन भएको थाहा पाए

हुम्ला–आधुनिक सञ्चार प्रविधिको पहँुचमा नजोडिएका नाम्खा गाउँपालिका ६ लिमिका जनताले कोरोना सक्रमणले देशमा लकडाउन रहेको बारे काठमाडौ बस्ने आफान्तको फोन आएपछि मात्रै थाहा पाएका छन् । बुधबार मात्रै लकडाउन भएको कुरा सुनेपछि गाउँ आउने सबै नाका बन्द गरेका छन् । केही समय अघि वल्र्डलिकको इन्टरनेट सेवाले काम गर्दा देश विदेशका …

हुम्लामा भ्रष्टचार विरूद्धको बक्तृत्व

हुम्लाको सर्केगाडमा भ्रष्टचार विरूद्धको  बक्तृत्व गरिएको छ । सर्केगाड गाउँपलिका वडा नं. ३ उनापानीमा नमुना किशोरी समुहको नेतृत्वमा सञ्चालन गरिएको हो। कार्यक्रम किशोरी समुहका अध्यक्ष शिला फडेराको अध्यक्षता र वडा सदस्य पदम थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा ६ प्रतियोगि रहेका थिए भने,  किशोरी, स्थानिय बासी, सरोकारवाला निकायका …

चौबिस घण्टापछि सुत्केरीको उद्धार

दुर्गममा सुत्केरी महिलाका पिडा

हुम्ला– ताजाकोट गाउँपालिका–३ चौतारीबाडाँ स्थित एक सुत्केरीको साल अडकीएपछि हेलिककप्टरबाट उद्धार गर्नु परेको छ । ३९ वर्षीय सुत्केरी रुपशिला दमाईको साल अडकीएर चौबिस घण्टापछि हेलिकप्टरबाट उद्धार गरिएको हो । सोमबार १ बजे नेपाली सेनाको हेलिकप्टर मार्फत उनलाई सुर्खेत प्रदेश अस्पताल लगिएको मैला स्वास्थयचौकीका अहेव लिलाराज शर्माले जानकारी दिएका छन् ।  …

ताजाँकोटमा उच्च रत्तश्राव थलिन् सुत्केरी महिला

उच्च रत्तश्रावले एक जना सुत्केरी महिला थला परेकी छन् ।

हुम्ला–ताजाँकोट गाउँपालिकामा उच्च रत्तश्रावले एक जना सुत्केरी महिला थला परेकी छन् । आइतबार दिउसो १ बजे सुत्केरी व्यथा लागेर थलिएकी ताजाँँकोट गाउँपालिका ३ चौतारीबाडाँकी ३९ वर्षीय रुपशिला दमाई थला परेकी हुन् । दिउसो १ बजे सुत्केरी व्यथा लागेर राती ३ बजे बच्चा जन्माएकी दमाईको उच्च रुत्तश्रावले अचेत अवस्था भएको मैला …

प्रहरीले हिउँ पन्छाएपछि खुल्यो सिमकोट विमानस्थल

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरको नेतृत्वमा ५५ जना प्रहरीले विमानस्थलमा जमेको हिउँ पन्छाएको हो । हिउँ पन्छाइएपछि शनिबार उडान सुचारु सम्भव भएको हो । विमानस्थलमा जमेको हिउँ पन्छाउन डिएसपी घर्तीमगर आफैँ खटेका थिए । दुई दिनदेखि जारी हिउँ पन्छाउने कार्य सम्पन्न भएपछि शनिबार सिता एयरको उडान …