झोलुङ्गे पुल जिंण हुंदा बर्सेनि दुख दिन्छ रिपगाड खोला

हुम्ला,२१ साउन। बाढिले खोलाको पुल बगाएपछी नेपाली सेनाले काठेपुल निर्माण गरेको छ ।

हुम्लाको सर्केगार्ड गाउँपालिका,२ को रिपागाड खोलामा गत हप्तामा आएको बाढीले पुल बगाएपछि उक्त स्थानमा नेपाली सेनाले काठेपुल बनाएको हो। नेपाली सेना र स्थानीय बासिन्दा सँगको सहकार्यमा काठे पुल निर्माण गरियको हो । पुल बनेपछि स्थानीय बासिन्दाहरुलाई आवतजावत गर्न सहज भएको छ ।

बर्खामा पानी बढेको खोलामा पैदल यात्रुलाई आवतजावत गर्न कठिन हुँदा बराह दल गुल्म रानीवनका नेपाली सेनाको सहयोगमा उक्त काठेपुल निर्माण गरिएको हो।

उक्त खोलामा झोलुङ्गे पुल हुदा पनि पाएक पर्ने ठाउमा नबनाउंदा पैदल यात्रुले दुख पाउने गरेको स्थानियको गुनासो छ । करिब ५ मिनेट माथी झोलुङ्गे पुल निर्माण गरिएको छ तर त्यता जान समय बढी लाग्ने र पायक नपर्ने हुंदा तल खोलामा चांडो हुन्छ सर्केगाड जैरका एक जना यात्रुले बताए । रिपगाडको पुल निर्माण गर्दा पाएक नपर्ने ठाउमा निर्माण गरिनु गलत रहेको स्थानियको बुझाइ छ । जस्ले गर्दा हरेक बर्खा समय कच्ची पुल निर्माण हुने र  खोलो बढ्दा बगाउने हुंदा यात्रुलाइ दुख भैरहने सिलसिला छ । हाल उक्त झोलुंगे पुल पनि जिण रहेकोले खोलामा काम चलाउ पुल तर्न बाध्य छन।

झोलुङ्गे पुल पाएक पर्ने ठाउमा नबन्नु र हाल जिणां हुनुले पुलको निर्माण हुने नहुनेमा एकिन गर्न सकिन्न।