ताजाँकाेट गाउँ कमिटीले साँस्कृतिक कार्यक्रम गरि जनयुद्ध दिवस मनाए

हुम्ला- नेकपा माओवादी केन्द्रकाे आधार इलका मानिने ताजाँकाेट गाउँपालिकाले जनयुद्ध दिवस मनाएकाे छ।

गाउँपालिका केन्द छपेलामा नेकपा माओवादी केन्द्र ताजाँकाेट गाउँ कमिटिले २९ औ जनयुद्ध दिवस मनाएकाे हाे।

माओवादी केन्द्र ताजाकाेट गाउँ कमिटी इन्चार्ज गाेपाल बुढाकाे प्रमुख अतिथिमा जनयुद्ध दिवस भव्य रूपमा मनाएकाे गाउँ कमिटीका उपाध्यक्ष धनलाल जैसीले जानकारी दिए।

कार्यक्रम देउडा खेल,जनवादी गित,स्थानीय दमाह बजाउने लगायत क्रियाकलाप गरेर जनयुद्ध दिवस मनाएकाे गाउँ कमिटी उपाध्यक्ष जैसीले बताए।