तल्लुबगरमा निर्माणको क्रममा बेलिब्रिज भाँचिदा २ जनाको मृत्य, २ जना गम्भिर

जाजरकोट –  रुकुम पश्चिम र जाजरकोटलाई जोड्ने गरी भेरी पुलमा निर्माणाधिन तल्लुबगरको बेलिब्रिज भाँचिएको छ ।
जाजरकोटको नलगाड नगरपालिका १२ तल्लुबगर र रुकुम पश्चिमको आठबीसकोट ४ छरेबगर डावा जोड्ने गरी ठूली भेरी नदी माथि निर्माण भइरहेको पुल आज बिहान करिब साढे ११ बजेतिर भाँचिएको हो ।

घटनास्थलमा रहनुभएका आठबीसकोट नगरपालिका वडा नम्बर ५ का अध्यक्ष घनश्याम भण्डारीले भने २ जनाको घटना स्थलमै मृत्यु भएको बताउनुभएको छ । अन्य २ जना सिकिस्त घाइते अवस्थामा रहेको उहाँको भनाई छ ।

अन्य २ जनालाई पनि बढी चोट लागेको छ भने ४ जना सामान्य अवस्थामा रहेको उहाँले जानकारी गराउनुभयो । पुल निर्माणमा ९ जना कामदार खटिएको उहाँले बताउनुभयो । घाइतेलाई नगर अस्पताल राडी तर्फ पठाइएको वडाध्यक्ष भण्डारीले बताए।

तर प्रहरीले भने घटनामा ७ जना घाइते भएको बताएको छ । इलाका प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक प्रवेशजंग शाहको टोली घटनास्थलमा गएको र अहिलेसम्म मृत्युको कुनै खबर नआएको इन्चार्ज प्रहरी निरीक्षक विक्रम सुवेदीले जानकारी दिए ।