जहाज कुर्दै दिन विताउँछन् हुम्ली नागरिक

 

क्याप्सनः हुम्ला जहाज टिकट नपाएका यात्रुहरुको तस्बिर

हुम्ला– सुर्खेत विमानस्थलबाट नियमित उडान नहुँदा हुम्ली जनता सुर्खेत विमानस्थलमा जहाज कुर्दै दिन विताउने गरेका छन् । हुम्ला जाने आशले दैनिक सुर्खेत विमानस्थल पुगेर हुम्लमा जाने यात्रुहरु निराश भएर फर्कन बाध्य छन् ।  राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाको एक मात्र यातायात साधन हवाई यातायात हो ।

तर सुर्खेत–हुम्ला, हुम्ला–सुर्खेत नियमित हवाई उडान नहुँदा हुम्ली जनताले सास्ती भोग्न बाध्य छन् । एयरलायन्सहरु तारा सीता समिट एयरले नियमित रुपमा नेपालगञ्जबाट हवाई उडान गर्दै आएका छन् । सुर्खेत आउने जहाजहरुले यात्रुलाई नचढाएर कार्गो सामान मात्रै ढुवानी गर्दा यात्रुहरु अलपत्र परेका छन ।

सुर्खेतबाट दिनको १÷२ फलाइट सीता तारा एयरलाइन्सले उडान भरेपनि एयरलाइन्सहरुले आलटाल गदै यात्रुहरुलाई दुख दिने काम गरेको यात्रुहरुको आक्रोश रहेको छ ।

हुम्ला पुग्ने नागरिकहरु सुर्खेत विमानस्थलमा जहाजको टिकट कुर्दै दिन जाने गरेको सिमकोट गाउँपालिका ७ का स्थानीय झिल्क बहादुर शाहीले दुखेसो गरे । टिकटको लागि हारगुहार गर्दा समेत कसैले सुन्दैन दिनभरी टिकट पाउने आशैआशमा एयरपोर्टमा कुदा खाना समेत खान नपाउने गरेको उनले बताए ।

जहाजको टिकटको लागि हप्तौदिन विमानस्थल धाएपनि हुम्ला जान नपाएको स्थानीयहको गुनासो छ । श्रीमती बिरामी भएपछि उपचारका सुर्खेत आएर घर फर्किनका लागि टिकटको प्रतिक्षा गरेको १४ दिनसम्म टिकट आफुले जहाज टिकट नपाएको खार्पुनाथ गाउँपालिका ५ स्थानीय दलजित सुनारले बताए ।

प्रदेशका मन्त्री र नेताहरुले सुर्खेतदेखि हुम्ला उडानका लागि कुनै पनि चासो नदिएको हुम्ली बासिहरुको छ । चुनाव आउदा आमा बुबा दिदीहरु हामीले तपाईहरुको माग पुरा गछर््ु भन्दै आशवासन दिने नेताहरु अहिले कुनै चासो नदिएको सर्केगार्ड गाउँपालिका ७ का स्थानीय हंश ऐडीले आक्रोश व्यक्त गरे ।  कर्णाली प्रदेश सरकारले सुर्खेतबाट कर्णाली हुम्ला,मुगु डोल्पा,जुम्ला जिल्लाहरुमा हप्तामा एक÷एक फलाइट गर्न भन्दै सीता एयरलाइन्ससँग सम्झौता कर्णाली प्रदेशले सरकारले सम्झौता गरेको थियो । अहिले सीता एयरलाइन्सले आलटाल गदै आएको देखिन्छ ।
यात्रु बोक्दैन सामान मात्रै बोक्छन
सुर्खेतदेखि हुम्लाका लागि उडान भदै आएका निजी एयरलाइन्सका जहाजहरुले यात्रु बोक्न मान्दैन तर कार्गो सामान मात्रै बोक्ने गरेका छन । सुर्खेतबाट दैनिक १÷२ फलाइट उडान भरेपनि यात्रु भन्दा सामान मात्रै बोक्ने गरेपछि यात्रुहरुलाई समस्या भएको हो । टिकटको लागि हार गुहार गदै आएपनि यात्रुहरुले हुम्ला जान नपाएको यात्रुहरुको गुनासो छ ।

प्रदेश सरकार बेखबर
हुम्ला डोल्पा, मुगु, जुम्ला लगायतका जिल्लाहरुमा सुर्खेतदेखि नियमित रुपमा उडान गराउने कर्णाली प्रदेश सरकार बेखबर रहेको छ । विमानस्थल नियमित उडान नभएपछि स्थानीयहरु हारगुहार गर्दा समेत प्रदेश सरकार मौन बसेको छ । कर्णाली प्रदेशका उद्योग, पर्यटक वन तथा वातावरण मन्त्री नन्दसिह बुढाका अनुसार हवाईसम्बन्धी प्रदेश सरकारलाई अधिकार नभएको बताए ।
सुर्खेत विमानस्थलमा सीता एयरलाइन्सलाई नाइट स्टप राख्नको लागि प्रदेश सरकारले गुहार माग्नु पर्ने स्थिती रहेको मन्त्री बुढाको रहेको छ ।

मन्त्री बुढाले भने एयरलाइनसहरु यात्रु पाउदैन भन्दै आलटाल गदै आएको उनले बताए । अब छिटै एयरलाइन्स कम्पनी र नेपाल नागरिक उडड्यन कार्यालय सुर्खेतको प्रमुखसँग यस विषयमा छलफल गरिने मन्त्री बुढाको छ ।
सुर्खेतदेखि तारा सीता समिट एयरले उडान भदै आएपनि काग्र्रो सामान र नेपाल खाद्य संस्थानको चामल बोक्दै आएका छन । भौगोलिक रुपमा विकट हुम्लाका नागरिकहरुले भने प्रदेश राजधानी जोड्ने एकमात्र हवाई यातायात नियमित गर्न माग गरेका छन् ।