प्रहरीको सफलताको लागि नागरिकसँगको सम्बन्ध राम्रो हुनुपर्छ : डिआइजी शाह

कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी महेश विक्रम शाहले नागरिक र प्रहरीबीच राम्रो सम्बन्ध विस्तार हुनसक्यो भने मात्र प्रहरी सफल हुने बताएका छन् ।

कर्णाली प्रदेश जिल्लाहरुमा सुरक्षा अवस्थाबारे निरिक्षणमा निस्किएका शाहले जिल्ला प्रहरी कार्यालय हुम्लाले आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रममा यस्तो बताएका हुन् ।

कार्यक्रममा उनले भने ‘जनता र नेपाल प्रहरीबीच प्रगाढ सम्बन्ध नभएसम्म प्रहरी अपराध नियन्त्रणमा सफल हुँदैन ।’ सुखी समृद्ध समाज स्थापना गर्ने काम नागरिकहरुको मुख्य उद्देश्य रहेकोले यसप्रति नागरिहरुको सहयोग महत्वपूर्ण रहने डिआइजी शाहले बताए ।

मदिराले अपराधका घटना बढाउने भएकोले कर्णाली प्रदेशलाई मदिरा मुक्त गर्ने सम्पूर्ण सरोकारवाला निकायले प्रहरीलाई सहयोग गरेमा मदिरा मुक्त प्रदेश बनाउन सकिने बताए ।