भिरमा काठे लाप्काे राखेर आवतजावत गर्छन मासपुरबासी

हुम्ला- ताजाँकाेट गाउँपालिका- ३ का स्थानीयबासीहरू भिरमा काठकाे लाप्काे राखेर आवतजावत गर्न गरेका छन  ।

गाउँपालिका केन्द्र छप्रेेला जाने   छरिकाे पहराेमा काठकाे लाप्काे राखेर आवतजावत गर्न बाध्य रहेका छन ।

चुनावमा आश्वासन बाँडने गरेपनि नेताहरू फर्केर पनि नहेर्न गरेकाे ताजाँकाेट गाउँपालिका-३ का स्थानीय केशबहादुर राेकायाले जानकारी दिए । छरि भिरकाे पहराे काठे लाप्काे जाेखिम माेल्दै आवतजावत गर्नुपर्छ राेकायाले दुखेसो गरे ।

वर्षायममा काठे लाप्काे पहिराे बगाएर लिन्छ राेकायाकाे भनाई छ ।  वर्षायमकाे समयमा बाजुरा जिल्ला हुँदै आवतजावत गर्नुपर्न बाध्यता रहेकाे ताजाँकाेट गाउँपालिका- ३ की  गाैहुकला राेकायाकाे गुनासाे रहेकाे छ ।