खस भाषामा सपथ लिइन सांसद सेजुवालले

जुम्ला, ७ पुस । प्रतिनिधि सभा सदस्य कान्तिका सेजुवालले खस भाषामा पद तथा गोपनियताको सपथ लियकी छ्न ।                                          बिहिबार संघिय संसद सचिवालयमा बिजयी सांसदहरुको सपथ कार्यक्रममा सेजुवालले खस भाषामा आफुले पद तथा गोपनियताको सपथ लियको सामाजिक संजालमा बताएकि हुन । उनले हार्दिक आभार सहित इतिहासमै पहिलो पटक खस भाषामा पद तथा गोपनियताको सपथ लिन पाउँद  भाग्यमानी ठानेको पनि उल्लेख गरेकी छन ।    उनले लेखेकी छ्न :                                                                     हार्दिक आभार !

खस भाषा, संस्कृति र सभ्यता नेपाली भाषा, संस्कृत र सभ्यताको जननि हो । यसको अध्ययन, अनुसन्धान र संरक्षण हुनु आवश्यक छ भन्ने सन्देश प्रवाह गर्न खस भाषामा इतिहासमै पहिलो पटक प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयता शपथ लिन पाउँदा मैले आफुलाई निकै भाग्यमानी ठानेको छु ।

साथै नेपाली भाषा रहेको शपथको ढाँचा `खस´ भाषामा अनुवाद गर्न सहयोग गर्नु हुने आदरणीय गुरु रमानन्द आचार्य र नेपाली खस भाषा अनुवाद समाजका, अनुवादक श्री काली बहादुर नेपाली ज्युलाई हृदय देखि आभार प्रकट गर्न चाहन्छु।                              सांसद सेजुवाल कणालिको पहिलो महिला प्राध्यापक  र पहिलो महिला मेयर हुन ।