प्रतिव्यक्ति आय ५ सयबाट २१ सय पु¥याउनेः डाक्टर रोकाया

हुम्ला–कर्णाली प्रदेशका जनताको प्रतिव्यक्ति आयलाई ५ सय बाट २१ सय डलर पु¥याउने लक्ष्य रहेको कर्णाली प्रदेशका योजना आयोगका सदस्य डाक्टर दीपेन्द रोकायाले बताएका छन ।

योजना आयोगका सदस्य नियुक्ति भएपछि गृह जिल्ला हुम्ला पुगेका डाक्टर रोकायाले यस्तो बताएका हुन । भोलिका भविष्यका बालबालिकाहरुलाई लगानी गर्नुपर्छ नयाँ पुस्ता परिवर्तन हुने हो भने कर्णाली प्रदेशको भविष्य रहेको डाक्ट रोकायाले बताए ।

कर्णाली प्रदेशमा धेरै श्रोत साधान छ कर्णाली गरिब होइन हाम्रो मानसिकता नै गरिब भएको उनको दाबी रहेको छ ।
नेपालगञ्ज सुर्खेतबाट हुम्ला आँउदा खेरी मान्छे सय केजी भएर हुम्ला आउनु पर्ने बाध्यतालाई अब कर्णाली प्रदेशले सडक निर्माण र सूरुङ्ग निर्माणका लागि स्थलगत हवाई अध्ययन गरिसकेको छ ।

चाँडै सडक निर्माणको लागि केन्द्र सरकार र प्रदेश सरकारको पहिलो प्रथामिता रहेकोले अब बन्ने योजना आयोगको रहेको डाक्टर रोकायाको छ ।
हुम्ला जिल्ला पर्वतिय विश्व विद्यालयको आवश्यक रहेको र राष्ट्रिय र अन्तराष्ट्रिय विज्ञताको प्रयोग हुने हो भने कर्णाली विकासको सम्भावना छ डाक्टर रोकायाले भने ।
आर्थिक मामिला तथा योजना सचिव ढुण्डीप्रसाद निरौलालका अनुसार विकास अंकमा होइन भौतिक निमार्णमा देखिनु पर्छ र केवल सेता कामगजमा समित नरही विकसमा चासो देखाउने हो भने कर्णाली विकास हुने बताए ।

विकास गर्न आगामी वर्षबाट चुस्त योजनाको साथमा लागि पर्ने आर्थिक मामिला तथा योजना सचिव ढुण्डीप्रसाद निरौलाले बताए ।
अहिले स्थानीय तह नै र प्रदेश संघ आ आफनो पावर छ भनेर मनोगत तरिकारले गएकोले पनि संघियता प्रति चिन्ता बढेको समेत कर्णााली प्रदेश आर्थिक मामिला तथा योजना सचिव निरौलाको छ । गृह जिल्ला हुम्ला पुगेका योजना आयोगका सदस्य डाक्टर रोकायालाई नेपाल पत्रकार महासंघ हुम्लाले बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरेको थियो ।