स्वर्गीय डोमा तामाङ सहायता अक्षय कोषद्वारा बिध्यार्थी पुरष्कृत

हुम्ला,१९ जेठ । स्वर्गीय डोमा तामाङ सहायता अक्षय कोषद्वारा बिध्यार्थी पुरस्कृत भएका छ्न ।
शुक्रबार स्वर्गीय डोमा तामाङ्को बार्षिक पुन्य तिथिको अवसरमा स्थापना गरियको डोमा तामाङ शिक्षा सहायता अक्ष कोष “ले दुई जनालाइ पुरस्कार प्रदान गरेको हो ।

उक्त अवसरमा डोमा तामाङ उत्कृष्ट बिध्यार्थी सम्मान २०८० ,बाट नाम्खा गा. पा. वडा नं १ धिँगाका मानसरोवर नमुना माध्यमिक विद्यालयमा डिप्लोमा इन सिविल ईन्जिनियरिङ् तेस्रो वर्षमा अध्ययनरत मिङ्मार छिरिङ लामा पुरस्कृत भएका हुन । डोमा तामाङ विपन्न तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति, २०८० को  छात्रवृत्ति अन्तर्गत  नाम्खा गाउँपालिका वडा नम्बर १ ताङ्गिनका मानसरोवर नमुना माध्यमिक विद्यालयमा १२ कक्षामा अध्ययनरत पासाङ लामु लामाले प्राप्त गरिन ।

हेड नेपाल संस्था मातहतमा संचालन हुने गरि स्वर्गिय आमा डोमा तामाङ  पहिलो वार्षिक पुन्य तिथि २०७९ को अवसरमा रु. ५ लाख  (पाँच लाख रुपैँया) रकमको डोमा तामाङ शिक्षा सहायता अक्षय कोष स्थापना गरियको र उक्त कोषको रकमलाई बैंकमा मुद्दति खातामा राखि प्राप्त बैंक ब्याजबाट उल्लेखित शैक्षिक सहायता कार्यक्रमहरुबरु. ३० हजार छात्रबृत्तिको र रु. २५ हजार पुरस्कारको लागि खर्च गर्न सकेकाछौँ। “छोरा छिटुप लामाले कणाली रैबारलाइ बताए ।

स्वर्गीय आमाको दुखि गरिबलाइ सहयोग गर्ने भावना रहेको थियो बिपन्न तथा जेहेन्दार बिध्यार्थिलाइ थोरै भएपनी राहत मिलोस र आमाको इक्षा पूरा गर्न यो पुरस्कार र छात्रवृत्ति स्थापना गरियको अक्षय कोषका सदस्य सचिव छिटुप लामाले बताए ।

दुुई वर्ष अगाडि काठमाडौंमा उपचारका क्रममा स्वर्गीय तामाङको मृत्युु भएको थियो। आमाको सम्झनामा दुुई जना छोरा र चार जना छोरी मिलेर ब्यक्तिगत लगानीमा पाँच लाखको अक्षय कोष स्थापना गरेका थिए। उक्त कोषमा सदस्य सचिव लामाले आफूले पाएको पुरस्कार स्वरुपको एक लाखसमेत कोषलाई प्रदान गरेका थिए।

उक्त पुरस्कार र छात्रवृत्ति बर्सेनि रुपमा दुुई जना बिद्यार्थिलाइ प्रदान गरिनेछ। उत्कृष्ट विद्यार्र्थीको रुपमा पुरस्कृत भएपछि मिग्मारले पढाइमा थप हौसला मिलेको बताए।