हुम्ला–अत्यधिक हिमपातले उत्तरी नाम्खा गाउँपालिका स्थित मुचु तुम्कोटको कर्णाली नदीको बहाव घटेको छ । नाम्खा गाउँपालिका ६ स्थित लिमि हुदै बग्ने कर्णाली नदीको बहाव घटेपछि स्थानीयहरु चासो देखाएका छन ।
हिमपातले बरफ जमेर पानीको सतह घटेको हुन सक्ने प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुङगानाले बताएका छन ।अत्याधिक हिमपात भएपछि बरफ जमेको हो की हिमपहिरोले रोकेको भन्ने अहिले सम्म कुनै किसिमको जानकारी समेत नआएको प्रजिअ ढुङगानाले बताए ।
कर्णाली नदीको पानीको बहाव अत्याधिक हिमपात भएपछि चिसो बरफ जमेर पानीको बहाव घटन सक्ने प्रजिअ ढुङगनाको भनाई छ । नदीको पानीको बहाव घटेको कुराकानी हुदाहुदै सम्पर्क विहिन बनेको जिल्ला प्रहरी प्रमुख नायब उपरिक्षक रविन श्रेष्ठले जानकारी दिएका छन ।
नदीमा पानीको बहाव कम भएको खबर प्राप्त भएको थियो त्यसपछि सम्पर्क हुन नसकेको प्रहरी नायब उपरिक्षक श्रेष्ठको भनाई रहेको छ ।
हुम्लामा ०४५ सालपछि पहिलो पटक अत्याधिक हिउँ परेको स्थानीयहरुले बताएका छन । हिँउ जमेर पानीको बहाव कम हुने सक्न स्थानीयहरुको तर्क रहेको छ । अत्याधिक हिमपातका कारण पानीको बहाव किन घटेको भन्ने कसैलाई थाहा समेत हुन सकेको छैनन ।
कर्णाली रैवार संवाददाता । २५ माघ २०७५, शुक्रबार २२:५१