हुम्ला–गत पुस ९ गते चंखेली गाउँपालिका केन्द्र पिप्लाङदेखि वडा नम्बर ५ को नेप्का गाउँ जाने क्रममा बेपत्ता भएको युवकको शव पाँच महिना पछि फेला परेको छ ।
०८० पुस महिनाको ९ गते गाउँपालिका केन्द्र पिप्लाङदेखि नेप्का गाउँ जाने क्रममा बेपत्ता भएका चंखेली गाउँपालिका–५ का ३७ वर्षिय बिरजङ तामाङको शव वैशाख पहिलो साता कृपु भिरको तल नदीको छेउमा फेला परेको हो ।
पालिका केन्द्रदेखि वडा नम्बर ५ को नेप्का जाने क्रममा हिडेका तामाङ बिच बाटोबाट बेपत्ता भएको परिवार श्रोतले जनाएको छ । बेपत्ता भएका तामाङको खोजीकार्यका लागि वडा नम्बर ५ का स्थानीय र मेल्छाम प्रहरीचौकीबाट खोजीकार्य गरेपनि नभेटिएको तामाङ आफान्त छक्कबहादुर तामाङले बताए। वैशाख महिनाको पहिलो साता शव फेला गरेको कर्णााली रैबारसँग जानकारी दिए। कर्णाली नदीको छेउमा पाँच महिनापछि शव फेला परेको तामाङको भनाई छ । माछा मार्न गएको केही युवाहरुले शव भेटाएको उनको भनाई छ ।
कर्णाली रैवार संवाददाता । २६ बैशाख २०८१, बुधबार १८:४४