गरिबको नाममा तालिम भिआइपीलाई कोट

हुम्ला–दलित तथा गरिबका नाममा आयोजना गरिएको सिलाई कटाई तालिममा जिल्लाका उच्च पदस्थ व्यक्ती (भिआइपी) लाई कोट वितरण गरिएको छ ।
कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको चालु आर्थिक वर्ष ०७५।०७६ को नियमित कार्यक्रममा आएको बजेटबाट घरेलु तथा साना उद्योग विकास समिति हुम्लाले उक्त कोट वितरण गर्न लागेको हो ।
घरेलु कार्यालयले विभिन्न गाउँपालिकाका सिलाई कटाई काममा संलग्न दलित तथा गरिवहरुका लागिगएको जेठ १५ गते देखि असार २९ गते सम्म सञ्चालन गरेको ४५ दिने तालिममबाट जिल्ला समन्वय समितिकाप्रमूख, प्रमूखजिल्लाअधिकारी, सहायक प्रमूख जिल्ला अधिकारी, गाउँपालिका अध्यक्ष देखि प्रहरी प्रमूख लगायतका एक दर्जन उच्च पदस्थ व्यक्तीहरुका लागि कोट तयार गरिएको छ ।

लाखौ रकमखर्चेर सिमकोटमा सञ्चालन गरिएको तालिममा आएका सहभागिलाई कोट सिलाई सम्बन्धि सिप सिकाउन सुर्खेतबाट आएका प्रशिक्षककाट उक्तकोट तयार गर्न लागइएको तनलिममा सहभागि सिमकोट २ ठेहेकी लछु भण्डारीले गुनाशो गरिन् ।
तालिममाप्रशिक्षकको अधिकांशभिआईपीलाई कोट सिलाउनमागएकाबताएकाखार्पुजनाथ ३ का सहभागिमानबहादुर परियारकाअनुशार तालिमत्यतिप्रभावकारी भएन् ।
उनले भने, जिल्लाका सबै ठुलाबडाहरुले आफूलाई राम्रो कोट सिलाई दिनभनेपछि तालिमकाप्रशिक्षकले आफुलार्य सिकाउनभन्दा बढी ध्यानभिआइपीकाकोटमा दिए ।
शुरुमासिलाई कटाई काममा संलग्नलाई लक्षित गरेर आयोजनागरिएको ४५ दिने उद्यमशिलताविकास तथा एड्भान्स सिलाई कटाई तालिमकालागिल्याएको कपडालाई प्रयोग गरेर जिल्लाका(भिआईपी)कोट तयार गरिएको हो ।
तालिमको अनुगमनकाक्रममागएकाजिल्लाकाउच्चपदस्थव्यक्तीहरुले कस्तो कोट बन्दो रहेछ भनेपछि आफूले व्यवस्थापन गरेको घरेलु तथा सानाउद्योग विकास समितिहुम्लाकानिमित्तप्रमूख सम्भुप्रसादउपाध्ययले जानकारी दिएउनकाअनुशार अनुगमनमागएकाजिल्ला समन्वय समितिप्रमूखदानबहादुर रावत, सिमकोट गाउँपालिकाअध्यक्षपदमबहादुर लामा, प्रमूखजिल्लाअधिकारी धोलकराज ढकाल, सहायकप्रमूखजिल्लाअधिकारी महेशकुमार पोखरलेल,कोष तथा लेखानियन्त्रक राजन रेग्मी, समन्वयअधिकारी रामप्रसादअधिकारी, जिल्लाप्रहरी प्रमूख रामप्रसाद घर्ति मगर, शसस्त्र प्रहरी प्रमूखराजकुमार श्रेष्ठ , राष्ट्रिय अनुसन्धानकाप्रमूख सञ्जिवचौधरी, नेपालीकंग्रेसकाजिल्ला सभापतीजयपति रोकाया, कर्णालीप्रदेशका सामाजिकविकास मन्त्रीदल रावललका स्वकिय सचिवनन्दबहादुर रोकायाको नापोमाकोट तयार गरिएको छ । यसैगरी जिल्लायुवा परिषदअध्यक्षकमलबोहोरा, जिल्ला खेलकुदविकास समितिकाअध्यक्षविनोद बोहरा, गैरसरकारी संस्थामहासंघका जिल्लाअध्यक्षपर्वत सुनारलाई पनि तालिमबाटै कोट तयार गरिएको घरेलु तथा सानाउद्योग विकास समितिहुम्लाल पुष्टि गरेको छ ।
तालिमकालागिल्याइएको राम्रो राम्रो कपडालाई छानेर पद अनुशारको कोट बनाइएको छ । आफुले कोटप्याइन्ट सिलाउनसिक्नआएको बताएकातालिमका सहभागिले आफुले पाउने सुविधाबाट उच्चपदस्थव्यक्तीलाई कोट दिननहुने बताए ।
गरिवको नाम बेचेर सरकारी तलबखाने र सरकारबाटै ड्रेस पाउने व्यक्तीले यसरी आप्mनो पद र पावरले कोट सिलाउनदिनु अख्तियार दुरुपयोग भएको बताएकातालिमका सहभागिमानबहादुर परियारले यो गैर कानुनीभएको भन्दै आपत्ती प्रकट गरे ।
यसबारे घरेलु कार्यालयले भने सामान्य रुपमालिएको छ । अनुगमनमागएका बेलाउच्चपदस्थव्यक्तीहरुको नापलिएको बताएका घरेलु कार्यालयकाप्रमूखउपाध्ययले भने, हामीले अरु केही सोचेनौ उहाँहरु (भिआइपी) ले नापो दिएर जस्तो बन्छ हामीपनिसिलाउँनभनेपछि बाध्यभएर तयार पारिएको हो ।
तालिमको समापन सँग सबै उच्चपदस्थलाई सिलाइएकाकोट हस्तान्तरण गर्ने कार्यक्रमभएपनि सञ्चारकर्मीले चासो राखेपछि समापनको दिनवितरण नगरिएको हो । आआप्mनो नापोमातायर पारिएकाकोट अहिले घरेलु तथा सानाउद्योग विकास समितिको कार्यालय नजिकैको कोठामा नाम लेखेरै झुण्ड्याइएका छन् ।
तयार पारिएकाकोट कार्यालयको अनुकुलतामा सम्बन्धिअधिकारीलाई प्रदानगर्ने बताइएको छ । आर्थिक वर्षको अन्तमाहतारहतारले शुरु गरिएको तालिममाआएको कपडा सकाउन र तालिमपतिजिल्लाकाउच्चपदस्थ व्यक्तीबाट कमआलोचनाहोस् भन्नकालागि यसरी कोट वितरण गरिएको तालिमका एक सहभागिले बताए ।