११किलोमिटर दुरी सडक खण्डमा १२ ठाउँमा पहिराे

सडक योजान को ब्यवास्ता

हुम्ला- अविरल वर्षाले सडक भत्किएपछि कर्णाली करिडाेर अन्तर्गत सिमकोट- खार्पुनाथ खण्ड अवरुद्ध भएकाे छ ।

दुइसाता अघिदेखि अवरुद्ध सडक खण्ड हिल्सा सिमकाेट सडक याेजनाले नपन्छाउंदा आवतजावतमा समस्या भएकाे हाे ।

वर्षाले ठाउँ ठाउँमा सडक भत्किएर आवतजावत समस्या भएकाे खार्पुनाथ गाउँपालिका-१ लालिका बिरबहादुर शाहीले गुनासाे गरे ।
सराेकारवाला निकायले कुनै चासाे र चिन्ता नगरेपछि सिमकाेट – खार्पुनाथ गाडी चल्न छाेडेकाे शाहीले बताए ।

सडक अवरुद्ध भएपछि माेटरसाइकल समेत आवतजावत गर्न समेत अप्ठ्यारो छ सिमकाेट गाउँपालिका-५ का बिमल रावतले बताए ।
जिल्ला विपद व्यवस्थापन समिति हुम्लाकाे आपतकालीन बैठकले अवरुद्ध सडक पन्छाउन निर्देशन गरेपनि हिल्सा सिमकाेट सडक याेजना हुम्लाले कुनै चासाे दिएकाे छैन ।

जिल्ला विपद व्यवस्थापन समितिकाे बैठकले २३ गते निर्णय गरि हिलसा सिमकाेट सडक याेजना, पुर्वाधार विकास कार्यालय र सिमकाेट गाउँपालिकालाई सडक पन्छाउन भनिएपनि कुनै निकायले चासाे देखाएका छैनन् ।

वर्षाले सिमकाेट- खार्पुनाथ खण्डमा ११ किलोमिटर दुरीमा १२ ठाउँमा पहिराेले सडक भत्किएको छ ।

सडक अवरुद्ध सँगै सदरमुकाम सिमकाेट आवतजावत गर्न समस्या देखिएकाे छ । सडक बन्दले गाडी नचल्दा स्थानीय नागरिक, बिरामीलाई सदरमुकाम सिमकाेट आवतजावत गर्न सकस भएकाे पाईएकाे छ ।