राप्रपाले बुझायो २४ सांसदको नाम

काठ्माण्डौ, २४ मंसिर ।

रास्टिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समनुपातिक सांसदको सूची निर्वाचन आयोगमा बुझाएको छ ।
पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दिएको जिम्मेवारी अनुसार अध्यक्ष राजेन्द् लिङ्देनले पार्टिले प्राप्त गरेको २४ सांसदको सूची निर्वाचन आयोगमा पठाएका हुन् ।

नेताहरुसँग परामर्शमा लिङ्देनले आयोगमा सूची पठाएको प्रवक्ता मोहन श्रेष्ठले बताए । तर, सूचीमा प्रतिनिधिसभातर्फ पूर्व अध्यक्ष पशुपति शमशेर राणाको नाम रहेको निश्चित भएपनि अन्यको विषयमा भने खुलाएको छैन ।

राप्रपाले प्रतिनिधिसभातर्फ ७, प्रदेश १ मा ४, मधेसमा १, बागमतीमा ६, गण्डकीमा २, लुम्बिनीमा २, कर्णालीमा १ र सुदूरपश्चिम प्रदेशमा १ जना समानुपातिक सांसद छानेको छ ।