होम क्वारेन्टाइनमा बसेकालाई स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको निगरानीमा

राज शाही हुम्ला  नेपालगन्जमा कोरोना भाइरस ९कोभिड–१९०को संक्रमण देखिएपछि हुम्ला प्रवेशमा रोक लगाइएको छ । जिल्लास्तरीय कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले हुम्लाका सबै नाका एक साताका लागि सिल गरिएको छ ।

स्थानीय प्रशासनले चीनसँग जोडिएका सीमा नाका यसअघि नै बन्द गरेको थियो । सोमबारबाट जिल्लालाई पूर्णरुपमा सिल गरिएको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले बताइन् । उद्धारका नाममा मानिस ओसारपसारको क्रम बढेपछि जिल्लामा कोरोना भाइरस संक्रमणको जोखिम बढेको उनको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार बैशाख १८ गतेयता हुम्लामा स्थलमार्गबाट सात सय ७४ र जहाजबाट ४ सय ५२ जनालाई उद्धार गरिएको छ ।जिल्लालाई सिल गर्ने निर्णय गरिएसँगै खार्पुनाथ र सिमकोट गाउँपालिकाले पालिका प्रवेश गर्ने नाका बन्द गरिसकेका छन् ।

सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामाले होम क्वारेन्टाइनमा बसेकालाई स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको निगरानीमा राखिएको बताए । उनका अनुसार सदरमुकामका अत्यावश्यक पसलहरु सामाजिक दूरी कायम गरी दुई घण्टा खोल्ने निर्णय गरिएको छ ।