४८९ जनाको स्वाब संकलन कार्य सुरु

हुम्ला भारत र नेपालका विभिन्न शहरबाट घर फर्किएका व्यक्तिहरुको स्वाब संकलन सुरु कार्य थालिएको छ । सिमकोट, खार्पुनाथ, नाम्खा गाउँपालिका विभिन्न क्वारेन्टाइनबाट स्वाब संकलन हुन थालेको हो ।
वैशाख १८ देखि २१ गते सम्म हवाई र स्थलमार्गबाट हुम्ली नागरिकहरुको उद्धार गरिएको थियो । सिमकोट गाँउपालिका १४ क्वारेन्टाइनबाट २ सय ५३ जना रहेका छन् ।भने यस्तै गरी नाम्खा गाउँपालिकामा ८९ जना र खापुनार्थ गाँउपालिकामा १ सय ५८ जना क्वारेन्टाइनमा छन् ।

पिसिआर र आरडिटी रहित चिकित्सक र स्वास्थ्यकर्मीको टोली जिल्ला प्रत्येक गाउँमा खटिएको जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाले जनाएको छ । सिमकोट गाउँपालिका स्वास्थ्य संयोजक दानबहादुर बोहराका अनुसार सिमकोट गाउँपालिकाको १,२ र ३ नम्बर वडामा आफुहरु खटिएको बताए ।