हुम्ला, ३२ साउन । नेपाल नागरिक उड्यान प्राधिकरण आफ्नो नियम बाट पछि हटेको छ ।
बिहिबार नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाइ उडानमा लगाएको प्रतिबन्द हटाए संगै आफ्नो अडान बाट पछि हटेको हो । हवाई उडानसम्बन्धी यसअघि गरेको निर्णय सच्चाउदै अब पहिलेकै नियमलागु गर्ने निर्णय गरेको क्यान ले जनाएको छ ।
यस प्राधिकरणले हवाई सुरक्षालाई मध्यनजर गर्दै दिउँसो १२ पछि पहाडी क्षेत्रमा उडान गर्न नपाउने निर्णय गरेको थियो ।साथै हेलिकप्टरहरूलाई पनि उद्धार उडान, सामान ढुवानी लगायतको उडानमा रोक लगाएको थियो ।
तर प्राधिकरणले बिहिबार एक विज्ञप्ति जारी गर्दैयसअघिको निर्णयबाट पछि हटेर अब पहिलेकै नियमलागु गर्ने जनाएको हो प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलकाअनुसार यो नियमआन्तरिक वायुयान सञ्चालन गर्ने वायुसेवा तथा हेलिकोप्टरको हकमा लागू हुनेछ । गत साउन १२ गते प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हवाई व्यवसाय नै जोखिममा पर्ने गरी उडान सम्बन्धी नयाँ नियम ल्याएका थिए। उक्त नियमको कर्णालीमा चौतर्फी विरोध भएपछि उनी सो निर्णयबाट पछि हटेका हुन्।
हवाइ उडान नहुदा हुम्ला मा अस्पताल बाट रिफर गरिएका २ जना को मृत्यु भएको थियो । कणालिका विभिन्न जिल्लामा हवाइ उडान नहुदा बिरामी मरेपछी क्यानलाइ निणय सच्याउन विभिन्न राजनितिक दल, संगठनले बिरोध गरेका थिय ।
कर्णाली रैवार संवाददाता । ३२ श्रावण २०८०, बिहीबार १७:०३