हुम्ला जिल्लामा मानव अधिकार अवस्थाको अनुगमन गर्नका लागि एक समिति गठन गरिएको छ । जिल्लामा मानव अधिकार अवस्था अनुगमन गर्ने समितिमा इन्सेक प्रथिनिधि नन्द सिंहको संयोजकत्वमा पाँच सदसिय समिति गठन गरिएको हो । राष्ट््िरय मानव अधिकार आयोगको कार्यविधि अनुसार कोभिड १९ बाट उत्पन्न बर्तमान जटिल परिस्थितिमा मानव अधिकारको अवस्था अनुगमन गर्न मानव अधिकारको तर्फबाट इन्सेक, नेपाल बार एसोशियसन, नेपाल पत्रकार महासंघ र गैर सरकारी महासंघ नेपाल विच सहकार्य गर्ने सहमति भई जिल्लास्तरीय अनुगमन समिति गठन गरिएको छ ।
राष्ट्र्यि मानव अधिकारको निर्णय अनुसार नेपालका ७७ वटा जिल्ला भरिनै मानव अधिकार जिल्ला स्तरीय अनुगमन समिति गठन गर्ने प्राव्धान अनुसार हुम्ला जिल्लामा पनि वैशाख ३ गते सो समिति गठन गरिएको समितिका संयोजक एवम् इन्सेक जिल्ला प्रतिनिधि नन्द सिंहले बताउनु भएको छ ।
सो समितिका संयोजक नन्द सिंहको संयोजकत्वमा नेपाल बार एशोसियसनका सदस्य देविसरण फडेरा, पत्रकार महासंघका जिल्ला उपाध्यक्ष मिमसिंह नेपाली, गैरसरकारी महासंघका कोषाध्यक्ष तिलसरा वि.क. र नागरिक समाजबाट राज शाही सदस्य रहने गरि समिति गठन गरिएको छ । विश्वव्यपि भरि माहामारिका रुपमा फैलिएको कोरोनाको उच्च जोखिममालाई मध्यनजरमा राख्दै आउँदा दिनहरुमा यसको नियन्त्रणका लागि जिल्लाका विभिन्न संघसंस्थाहरुले गरेको कामहरुको अनुगमन गरि उक्त रिर्पोटलाई राष्ट्र्यि मानव अधिककार आयोग केन्द्रीय कार्यालयमा पठाउने र हप्ताको एक पटक यसैका बारेमा बैठक गर्ने समेत निर्णय गरिएको सो समितिका सदस्य मिमसिंह नेपालीले बताउनु भएको छ
कर्णाली रैवार संवाददाता । ३ बैशाख २०७७, बुधबार १७:५५