वडामै बितरण हुन थाल्यो नुन!

जुम्ला,१२ साउन । जुम्लामा केही दिन अगाडि नुन नपाएर स्थानियले ढुंगा मुडा गरेको घटना पछि स्थानिय तहले नुन बितरण कार्य थालेका छन ।

उक्त घटना पछि वडापालिकाले आफै नुन बितरण गर्न थालेको हो । चन्दनाथ नगरपालिका वडा नम्बर ४ माल्याभिड को वडा कार्यालयमा सुक्रबार नुन लिनेको घुंइचो लागेको छ । पालिकाले प्रती पाकेट १० रुपैया मा नुन उपलब्ध गराएपछी स्थानिय पनि खुशि देखिन्छन ।

जनताको प्रतक्ष आवस्यक्तासंग जोडिएको बिषयमा जनप्रतिनिधिले सहकार्य गरेर समस्या समाधान गर्न स्थानियको गुनासो थियो । नुन लिन लाइनमा रहेका एकजना स्थानियले भने” हामी जनताको गाँस वास र कपास सहज बनाउन जुन नेताले काम गर्यो त्यस्लाइ धन्यबाद ।”

वडा नम्बर ४ का वडा सदस्य हस्त नेपालिले जनतालाइ सहज होस भनेर बिहिबार आफू संग भएको रकमले जति भ्यायो त्यति नुन ल्याएर बितरण गरेको बताए । उनले भने “हिजो हामी संग भएको रकमले एक गाडी नुन ल्याएउ तर पुग्ला जस्तो छैन फेरि ल्याउनु पर्ने देखियो ।”

जुम्ला लगाएत कणालीका जिल्लामा नुन लगाएत खाध्यान्न नपाइने समस्या पुरानो हो । पछिल्लो समय स्थानिय निकाएले नुन बितरण गर्न थालेपछी स्थानिय सरकार भएको महसुस गरेको स्थानियले बताउछन ।