कणाली स्वास्थ्य बिज्ञान प्रतिस्ठानको शत प्रतिशत नतिजा

जुम्ला, २४ साउन । जुम्लामा रहेको कणाली स्वास्थ्य बिज्ञान प्रतिस्ठानको शत प्रतिशत नतिजा निस्केको छ ।

यो बर्षको नर्स तथा मिडवाइफ को लाइसेन्स परीक्षामा बिध्यार्थिले सत प्रतिशत नतिजा निकालेका हुन । नेपाल नर्सिङ परिषद्ले गत असारमा लिएको नर्सिङ तथा मिडवाईफ्रीको नाम दर्ता (लाइसेन्स) परीक्षामा सहभागी सबै उत्तीर्ण भएपछि सत प्रतिशत नतिजा आएको प्रतिस्ठानका रजिस्टार निर्पेन्द्र महतले बताए । महतका अनुसार परिषद्ले २३ असारमा लिएको ३३ औँ लाइसेन्स परीक्षामा प्रतिष्ठानबाट नर्सिङ अध्ययन पुरा गरेका ३४ जना सहभागी थिए । ती मध्ये सबै जना उत्तीर्ण भएका छन् । यस्तै मिडवाइफ्री तर्फ ५ जनाले परीक्षा दिएकोमा सबै जना पास भएका छन् ।

परिषद्ले २१ साउनमा प्रकाशित गरेको नतिजा अनुसार नर्सिङ तर्फ कुल ७८ प्रतिशत र मिडवाइफ्री तर्फ कुल ९५ प्रतिशत पास भएका छन् । जुम्लाबाट अध्ययन् पुरा गरेका विद्यार्थीले प्रतिष्ठानको शैक्षिक गुणस्तरलाई उच्च राख्ने गरी सतप्रतिशत नतिजा निकालिदिएका छन् ।

कर्णालीको सतप्रतिशत नतिजा करीव एक महिना अघि नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले लिएको जनस्वास्थ्य विषय (बीपीएच)को नाम दर्ता (लाइसेन्स) परीक्षामा पनि सत प्रतिशत सफलता भएको नतिजा आएको थियो ।त्यसबेला देशभर ५२ प्रतिशत उत्तीर्ण हुँदा कर्णालीबाट बीपीएच पुरा गरी लाइसेन्स परीक्षामा सहभागी भएका सबै २० जना उत्तीर्ण भएका प्रतिस्ठान का उपकुलपती डाक्टर मंगल रावलले बताए ।
रावलका अनुसार यो सिंगो कणाली र स्वास्थ्य बिज्ञान प्रतिस्ठानको गौरबको बिषय हो ।