कर्णाली प्रदेशबाट ५ जना फोटो पत्रकार मनोनित

नेपाल लाइफ तेस्रो राष्ट्रिय फोटो पत्रकारिता पुरस्कार २०७५” का लागि कर्णाली प्रदेशबाट ५ जना फोटो पत्रकार मनोनयनमा परेका छन् । राष्ट्रिय फोटो पत्रकार समूहको आयोजना यही बैशाख १३ गते वितरण हुने सो पुरस्कारका लागी विभिन्न सञ्चार माध्यममा कार्यरत कर्णाली प्रदेशबाट ५ जना पत्रकार मनोनयनमा परेका हुन् । १५ बिधामा प्रत्येक बिधाका लागि ५ जना गरि ७५ जना मनोनीत भएकोमा हुम्लाका  नरजन तामाङ नयाँ पत्रीका, हेमान्त केसी जाजरकाेट रासस  र अविनाश लामा  दैनिक नेपाल ,हिकमत बहादुर नेपाली, रासस दैलेख, प्रविर डडेल , आर्थिक अभियान दैनिक रुकुम पशिचम मनोनीत भएका छन् ।

फोटोका लागि राजनीति, दैनिक जिवन, महिला, पर्यटन तथा संस्कृति, खेलकुद, मनोरञ्जन, आर्थिक, अनलाइन लगायतका गरि १५ वटा बिधा रहेका छन् । प्रत्येक बिधाबाट उत्कृष्ट ५ मा पर्ने सफल फोटो पत्रकारहरुलाई सोमबार कार्यक्रम आयोजना गरेर प्रमाणपत्र वितरण गरिने आयोजकले जनाएको छ ।

राष्ट्रिय फोटो पत्रकार समूहका महासचिव प्रदीपराज वन्तले फोटो पत्रकारहरुको हौसला बढाउन समुहले विगत ३ बर्षदेखि विभिन्न संघसंस्थासंग सहकार्य गरि पुरस्कार प्रदान गर्दै आइरहेको बताए । प्रत्येक बिधामा उत्कृष्ट हुनेलाई २५ हजार नगदसहित ,प्रमाणपत्र ,ट्रफि तथा सबै बिधाबाट उत्कृष्ट हुने ५० हजार नगद सहित ,प्रमाणपत्र ,ट्रफि वितरण गरिने आयोजक संस्थाका अध्यक्ष राजेन्द्र चित्रकारले बताए ।