हुम्ला ९ किलो मिटर म्याराथुन- जुम्लाका शेरबहादुर प्रथम

हुम्ला,१५ जेठ । हुम्लाको सलिसल्ला देखि सर्केगाड सम्म को ९ कोलोमिटर दौड प्रतियोगितामा जुम्लाका शेरबहादुर अधिकारी प्रथम भएका छ्न ।

गणतन्त्र दिवशको अवसर पारेर” कणाली मृत्युमार्ग  हैन स्वर्गमार्ग बनाउं र जैविक विविधता संरक्षण तथा पर्यापर्यटनका लागि खेलकुद” भन्ने नाराका साथ  ९ किलोमिटर दुरीको दौड प्रतियोगितामा जुम्लाका शेरबहादुर अधिकारी प्रथम भएका हुन । उनले ३७ मिनेट ४८ सेकेन्डमा उक्त दुरी पार गरेका थिय।

दोस्रो भएका जुम्लाकै प्रकाश कठायतले ३७ मिनेट ४९ सेकेन्डमा उक्त दुरी पार गरे भने तेस्रो भएका हुम्लाका सर्जन रावलले ३९ मिनेट ५५ सेकेन्ड मा उक्त दुरी पार गरेका थिए ।

प्रथम भएका अधिकारीले २५ हजार रुपैयाँ, दोस्रो भएका कठायतले १५ हजार रुपैयाँ र तेस्रो भएका रावलले ५ हजार रुपैयाँ नगद र प्रमाणपत्र पाएका छन् ।

उक्त आयोजना रोयल गैतिसांया युवा क्लबले गरेको थियो ।

तस्बिर= humlaphotography