सडक निर्माणले गाउँ नै उच्च जोखिममा !

पुर्वाधारले मनपरी सर्भे गरेको गुनासो

हुम्ला- खार्पुनाथ गाउँपालिका-५ स्थित याङचु गाउँ उच्च जाेखिममा परेकाे छ।

कालापानी,लुमखाेला हुँदै जाकाेट सडक निर्माणले याङचु डाडाबाडाकाे ३७ गाउँनै उच्च जाेखिममा परेकाे हाे। पूर्वाधार विकास कार्यालयबाट निर्माण हुद‌ैँ आएकाे सडक निर्माणले डाडाँबाडा गाउँ उच्च जाेखिम परेकाे खार्पुनाथ गाउँपालिका-५ का स्थानीय बालकृष्ण शाहीले जानकारी दिए।

गाउँका स्थानीयबासीहरूसँग समन्वय नगरि मनपरी रूपमा सडक खन्ने काम गरेपछि चिलखाेल्यासकाे मुहानबाट ल्याएकाे पानी पाइप देखि लुमखाेला जलविद्युतका तारहरू समेत क्षति गरेकाे शाहीले बताए।

स्यालावाडा गाउँ र डाडाँबाडा उच्च रूपमा जाेखिम रहेको खार्पुनाथ गाउँपालिका-५ का हस्तबहादुर शाहीले गुनासाे गरे। लुमखाेला जलविद्युतकाे पावर हाउस, खानेपानी पाइप, र पशुवस्तु चरिचरण गर्न लैजाने बाटाे क्षति गरेकाे शाहीले बताए ।

स्थानीय सरकार समेत यस विषयमा माैन रहेको शाहिको गुनासो छ । पूर्वाधार विकास कार्यालय हुम्लाले मनपरी रूपमा सडककाे सर्भे गरि सडक खन्ने गरेपछि स्यालाबाडा,गाउँ र डाडाबाडा गाउँ पहिराेकाे उच्च जाेखिममा परेकाे स्थानीयबासीहरूले गुनासाे गर्दै आएका छन।

“पूर्वाधार विकास कार्यालयले याङचु हुँदै दुर्पा गाउँ जाेडने सडक हाेला भन्ने हामी झुकिएका थियाै त्याे सडक कालापानी लुमखाेला जाकाेट हुँदै खार्पुनाथ गाउँपालिका-५ भकुण्डा जाने सडक रैछ ।” स्थानीयबासीहरूले दुखेसाे गरे।

पूर्वाधार विकास कार्यालय हुम्ला कार्यालय प्रमुख रहेका नरेशराज जैसीका अनुसार उक्त सडक कालापानी लुमकोट हुँदै मार्गोर जाने सडक रहेको बताए । उक्त  सडकका सन्दर्भमा १ हप्ता अगाडि बिबाद भएर  गाउले डेलिगेसनमा आएको र हाल निर्माण कार्य बन्द रहेको जैशिले बताए ।