देशभर लकडाउन विद्यालय बन्द हुम्लाका दुई विद्यालय खुला

हुम्ला–कोरोना भाइरसको संक्रमणका कारण देशभर लकडाउनले बालबालिका विद्यालय जानबाट बञ्चित भएका बेला हुम्लाका दुई विद्यालयमा विद्यालय नियमित पठनपाठन भएको छ । जिल्लामा २६ वटा माध्यामिक ,उच्च माध्यामिक विद्यालय र १ सय १८ वटा आधारभुत विद्यालयहरु छन् ।

जसमध्ये २ वटा विद्यालय पठनपाठन चलिरहेको छ । भने १ सय १६ वटा आधारभुत विद्यालय र २६ वटा माध्यामिक विद्यालय र उच्च मध्यामिक विद्यालय लकडाउनले महिनौ दिन बन्द छन् । उत्तरी चीनको सीमानासँग जोडिएको हुम्लाको नाम्खा गाँउपालिका–६ लिमिका दुई वटा विद्यालयमा नियमित बालबालिकाहरु विद्यालयमा पठनपाठन हुदै आएको छ । नेपाल सरकारबाट तलब खादै आएका शिक्षकहरु लकडाउनको कारण देखाउदै विद्यालय बाट आ आफना घर फर्किएका छन् ।
दुई विद्यालयका ५० जना बालबालिका देशलकडाउन भएपनि नियमित विद्यालय अध्ययनरत छन् । भृकुटी आधारभुत विद्यालय जाभ्का १५ जना बालबालिका र सुनखानी आधारभुत विद्यालयका ३५ जना बालबालिका नियमित विद्यालय जाने गरेको नाम्खा गाँउपालिका–६का वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए ।

नेपाल सरकारबाट तलब खाने शिक्षक कोही छैनन् आत्मीय नेपाल संस्थाबाट ४ जना शिक्षकले नियमित विद्यालय सञ्चालन गरेको वडाध्यक्ष तामाङले बताए ।
बालबालिकाहरुको पढाई हामी रोकेका छैनौ देश लकडाउन भएपनि हाल सम्म हामी विद्यालय सञ्चालन गरेका छौ वडाध्यक्ष तामाङको भनाई छ ।