प्रतिनिधि सभा सांसद लामाले बुझाएनन खर्च बिवरण

हुम्ला,२३,मंसिर ।

हुम्ला बाट निर्बाचित प्रतिनिधि सभा सदस्य छिरिङ डम्दुल लामा ( कार्चेन ) ले निर्वाचन खर्च बिबरण बुझाएका छैनन । मंसिर ४ गते हुम्लाबाट निर्वाचित सांसद लामाले निर्वाचन खर्च बिवरण नबुझाएको जिल्ला निर्वाचन आयोगले बताएको छ ।

गठबन्धन को तर्फबाट नेकपा माओबादिका लामा प्रतिनिधि सभामा एमालेका दल रावललाइ पराजित गर्दै बिजयी भएका थिय । त्यस्तै हुम्ला प्रदेश (क) गठबन्धन का उम्मेद्वार माओबादिका रणसिंह परियारले पनि आफुले निर्वाचन मा गरेको खर्च बिबरण आयोगमा बुझाएका छैनन ।

प्रदेश सभा (क)मा स्वतन्त्र उम्मेद्वार मंगल शाही , नेकपा एकीकृत समाजबादिका हस्त शाही र नेकपा एमालेका दल फडेरालाइ पराजित गरि बिजयी भएका परियार को पनि निर्वाचन खर्च पेश नभएको हो ।

नेकपा एमाले बाट प्रदेश सभा( क ) बाटै उम्मेद्वार बनेका दल फडेराले पनि निर्वाचन खर्च बिबरण बुझाएका छैनन ।
निर्वाचन आयोग हुम्लाका अनुसार हालका कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहिले निर्वाचनमा १८ लाख ८९ हजार खर्च गरेको बिबरण बुझाएका छन ।
हुम्लामा एक प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेका छन । जस्मा प्रदेश सभा ( ख) मा मुख्यमन्त्री समेत रहेका जीवन बहादुर शाही बिजयी भएका थिय ।
निर्वाचन आयोगका अनुसार बिवरण बुझाउने मिति एक महिना सम्म रहेको छ ।