आर्थिक पार्दशिता, र सुशासनको लागि सार्वजनिक सुनुवाइ

हुम्ला – प्रधानमन्त्री आधुनिकरण परियाेजना इकाई कार्यालय हुम्लाले वार्षिक कार्यकमकाे सार्वजनिक सुनुवाइ गरेकाे छ।

परियाेजना इकाइ कार्यालय हुम्लाले शुक्रबार सदरमुकाम सिमकाेटमा सशासन,पार्दिशकता, जवाफदेहिताका लागि सार्वजनिक सुनुवाइ गरेकाे हाे।

परियाेजना इकाइबाट जिल्लामा भएका प्रगतिकाे विवरण सार्वजनिक गदैँ एक कार्यक्रम गरि सार्वजनिक गरेकाे प्रधानमन्त्री परियोजना इकाइ कार्यालय हुम्लाका परियाेजना प्रमुख रामदरेश रायले जानकारी दिए। परियाेजनाबाट जाेन र सुपरजाेन कार्यक्रम रहेकाे रायले बताए ।

परियाेजना लागू भएदेखि हालसम्म ,साना सिचाई,भेडाबाखाका खाेर गाेठ निर्मामाण,स्याउ,ओखरखेती, लगायतका कामहरू याे कार्यालयबाट भएकाे बताए। हालसम्म प्रधानमन्त्री परियाेजनाबाट १२ कराेड,८९ लाख ६३ हजार बराबरकाे बजेट कृषकहरूलाई अनुदान सहयाेग गरेकाे उनको भनाई छ।

सार्वजनिक सुनुवाई कार्यक्रम बाेल्दै प्रमुख जिल्ला अधिकारी विनाेद पाेखरेलले सार्वजनिक सुनुवाइ सुशासनको एक सुचक रहेकाे बताए।

पारदर्शिता आफैमा सुशासन हाेइन पारदर्शितामा धेरै जनाकाे सहभागिता हुन जरुरी रहेकाे उनले बताए ।

सुनुवाइ भएका आलोचना सकरात्मक रूपले बुझ्नुपर्छ प्रजिअ पाेखरेले भने। सुनुवाइ भएका सुझावलाई कार्यालयले उत्तरदायि,जवाफदेहिता ,हुनुुुपर्न पाेखरेलकाे भनाई छ।

सिमकाेट गाउँपालिका अध्यक्ष विजय भण्डारीका अनुसार सार्वजनिक सुनुवाई आफैमा सुशासन भएकाे संज्ञा दिए ।

कृषकहरू अनुदान लिएपछि व्यवसायी रूपमा कार्यन्वयन गर्नुपर्न बताए । अनुदानलाई अनुदान नबुझि कृषकहरूले अपन्त्व सम्झिनुपर्छ अध्यक्ष भण्डारीकाे भनाई छ।

सार्वजनिक सुनुवाइ कार्यक्रम सिमकाेट गाउँपालिका अध्यक्ष विजय भण्डारी,प्रमुख जिल्ला अधिकारी विनाेद पाेखरेल,जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख सरिता जेठरा,प्रधानमन्त्री परियाेजना इकाई प्रमुख रामदरेश राय,जिल्ला स्थित संञ्चारकर्मीहरूकाे उपस्थिति रहेकाे थियोे ।