जन्मदिनको खर्च आपांङ बालबालिकालाई छात्रावृत्ति

हुम्ला-  पूर्वाधार विकास कार्यालयका लेखा अधिबकृत नवीन कुमार शाहीले आफ्नाे जन्मदिनमा हुने खर्च जिल्लाका अपांग बालबालिकालाइ छात्रावृत्ति प्रदान गरेका छन। जन्मदिनको अवसरमा ,फजुल खर्चलाई कटाैति गरेर जिल्लाकाे हेड नेपाल संस्थाले सञ्चालन गरेकाे हेड सक्षम गृहमा आश्रय लिएर अध्ययनरत फरक क्षमता भएका छ जना बालबालिकाहरूलाई छात्रवृत्ति र दुई जाेर कपडा हस्तान्तरण गरेका हुन।
दुई वर्ष अघिदेखि जन्म दिनमा समेत आफूले केक काट्ने र फजुल खर्च कटौती गरेर विपन्न परिवारका अपांगता भएका बालबालिकालाई छात्रावृती प्रदान गर्ने निर्णय अनुसार आफूले हरेक वर्ष जन्म दिनको अवसरमा अपांग बाबालिकालाई सहयोग गर्ने गरेको लेखा अधिकृत शाहीले जानकारी दिए ।
यस वर्ष असार २९ गतेक परेकाे जन्म दिनकाे अवसरमा हेड सक्षम गृहमा आश्रम लिएका कक्षामा उत्कृष्ट अकं ल्याउने कविता राेकायालाई ११ हजार १ सय ११ र दलबहादुर बुढालाई ७ हजार ७७७ रूपैया छात्रवृत्ति हस्तान्तरण गरेकाे लेखा अधिकृत शाहीले बताए। गत वर्षमा कक्षा – ३का याेगेन्द राेकायालाई ११ हजार १११ र कक्षा- ३ का युवराज फडेरालाई ७हजार ७७७ र कक्षा- ५ का श्रुति बुढालाई ५ हजार ५५५ रकम छात्रवृत्ति दिएकाे शाहीकाे बताए।
सरकारी सेवाको सिलसिलामा हुम्ला आएदेखि हरेक वर्ष जन्म दिनको अवसरमा हुने खर्चलाई सामाजिक गतिविधिमा लगाउने कामको शुरुवात गर्नु भएका शाहीले शुरुको वर्ष जिल्ला अस्पताल हुम्लामा भर्ना भएका बिरामीलाई फलफूल वितरण गरेको बताए ।
जन्म दिन, एनिभर्सरी जस्ता इभेन्टमा अनुत्पादक खर्च गर्ने पश्चिमा प्रवृती नेपाली समाजमा समेत बढिरहेको बेला आफूले सामाजिक र उत्पादन मुलक काममा लगाउनु पर्छ भन्ने मान्यताले हरेक वर्षको जन्मोत्सवका अवसरमा फरक क्षमता भएका वालवालिकाहरुको पढाइमा सहयोग गर्न शुरु गरेको उनलेे बताए ।