एक दिने परम्परागत सीप जर्गेना सम्बन्धि अन्तरक्रिया

हुम्ला– भाेटे दलित,जनजाति समुदायको परम्परागत सीप जर्गेना गराउने उद्देश्यले एक दिने अन्तरक्रिया कार्यक्रम गरिएकाे छ।

सामाजिक विकास कार्यालय हुम्लाकाे आयाेजनामा सिमकाेट गाउँपालिका-३ बरगाउँ परम्परागत सीप जर्गेना एकदिने अन्तरक्रिया कार्यक्रम गरिएकाे हाे।

पुरानो रैथाने सीप राडीपाखी बुन्ने, विभिन्न किसिमका बुटा भर्न सीप नयाँलाई हस्तान्तरण गर्न नपाएकाे सिमकाेट गाउँपालिका-३ बरगाउँकी कुन्डाेल लामाले दुखेसाे गरिन ।

६० वर्षका वृद्ध वृद्धा याे सीप भएपनि नयाँ पुस्तालाइ सीप हस्तान्तरण गर्न नसकेकाे उनले बताइन । उनका अनुसार बाज्यबजै पालादेखिका  सीपहरू छाेरा,छाेरी नाति,नातिनीलाई सीप सिकाउन नपाएर मर्ने भईयाे उनकाे भनाई छ।

एकदिने परम्परागत सीप जर्गेना  कार्यकम बाेल्दै सिमकाेट गाउँपालिका अध्यक्ष विजय भणडारीले परम्परागत सीप जाेगाई राख्न आग्रह समेत गरे। पुराना पुस्ताले नयाँ युवा पुस्तालाई सीप  हस्तान्तरण गर्नुपर्न अध्यक्ष भणडारीले बताए।

गाउँपालिकाले जिल्लाका सराेकारवाला निकायसँग आवश्यक समन्ववय गरि तालिमकाे आयाेजना गराउन पहलकदमी गर्न अध्यक्ष भण्डारीकाे भनाई छ।

भाेटे दलित जनजाति समुदायका परम्परागत सीप र भेषभुषा हराउनु दुखत भएकाे सामाजिक विकास कार्यालय हुम्लाका कार्याालय प्रमुख हर्कबहादुर बस्नेतले जाानकारी दिए। सामाजिक विकास कार्यालयबाट आगमी दिनहरू हुने कार्यक्रम पहिलाे प्रथामिकतामा राखिने बताए।

कार्यकममा सिमकाेेट गाउँपालिका अध्यक्ष विजय भण्डारी ,  वडा नम्बर-३ वडाध्यक्ष पामा लामा,सामाजिक विकास कार्यालयका प्रमुख हर्कबहादुर बस्नेत, सामाजिक विकास कार्यालयका लेखा अधिकृत भत्तबहादुर शाही लगायतका उपस्थिति रहेकाे थियाे ।

तस्बिर :