तुम्चमा धमाधम धाँन रोपाइ सुरु

रतन रावत

हुम्ला–सर्केगाड गाउँपालिका–१ र अदानचुली गाउँपालिका–३ मा पर्ने तुम्च र तलतडीमा धाँन रोपाईको लागि पानीको पालो कुर्नुपर्ने बाध्यता रहेको छ ।
गाउँ नजिकै रहेको बडखोलाबाट आउने पानीको लागि तुम्चबासी पालो कुरेर धाँन रोपाई गदैँ आएका छन् ।
प्रश्स्त मात्रामा खेतियोग्य जमिन भएपनि सिचाईको ठुलो समस्यो तुम्चबासी आकाशे पानीको भरपदैँ आएको सर्केगाड गाउँपालिका १ तुम्चका ऐनबहादुर मल्लले जानकारी दिए ।
आकाबाट पानी परेपछि गाउँ नजिकैको बडखोला ठुलो भएपछि धाँन रोप्न सुरु गर्न गरेको मल्लले बताए । जमिन धेरै छ सिचाईको ठुलो समस्याले तुम्चबासी वर्षौदेखि मर्का पर्ने गरेको मल्लको भनाई छ ।
धाँन रोप्न पानीको पालो कुर्न हिजो राती ३ बजेदेखि जाग्रम बसेर बल्ल पानीको पालो पाएको सर्केगाड गाउँपालिका १ का पन्नजङ शाहीले दुखेसो गरे ।
रातभर जाग्रम बसेर बल्ल बिहान पानीको पालो पाएर दुइचार खेतमा धाँन रोपाई गरेको उनको भनाई छ । जेठ महिनामा राखेको बेर्नु असार १० गते रोप्नुपयो आकाशे पानीको भर पदैँ ढिला भएको उनले भने । जिल्लामा धाँन अत्याधिक उत्पादन हुने भएपनि सिचाईको समस्याले तुम्चबासी वर्सेनी आकाशे पानीकै भरमा बस्नु परेको छ ।