कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्ठान जुम्लामा डाइलाइसिस मेसिन जडान

जुम्ला,२७ साउन । जुम्लामा रहेको कणाली स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा डाइलाइसिस सेवा सुरु हुने भएको छ ।

प्रतिस्ठानका रजिस्टार निर्पेन्द्र महतका अनुसार आज प्रतिस्ठानमा उक्त मेसिन जडान गरिएको बताए । महतले पाएक पर्ने भएकाले मृगौलाका डाइलाइसिस गर्ने बिरामिकोलागी सुखद खबर भएको सामाजिक संजालमा उल्लेख गरेका छ्न । उनले मृगौलाका रोगी डाइलाइसिस गर्न काठमाडौ, सुर्खेत नेपालगंज जान पर्ने बाध्यता अन्त्य हुने बताए ।

मन्त्रालयबाट जडान टोलि आयर ६ वटा मेसिन जडान भैसकेको र अबको ३/४ दिन मा संचालन हुने अस्पतालका निर्देशक डाक्टर पुजन रोकायले बताए । उनले भने ” मेसिन जडान गरेर सकिसक्यो अब केही दिन बिरामिको फ्लो हेरेर संचालन गर्ने कुरो भाछ । ” रोकायाका अनुसार २ जना बिशसज्ञ  डाक्टर र ३ जना तालिम प्राप्त स्टाफ नर्स ले उक्त सेवा दिने छन ।