रेडक्रस हुम्ला शाखाले अदानचुलीका बाढी पीडितलाई राहत

हुम्ला– नेपाल रेडक्रस सोसाईटी हुम्ला शाखाले अदानचुली गाउँपालिका–५ बाढी पीडितलाई राहत वितरण गरेको छ । रेडक्रस सोसाईटी हुुम्ला जिल्ला शाखाले १३ घर परिवारलाई प्रतिघर २० हजार रुपैया बराबरको राहत सामग्री वितरण गरिएको हो ।
रेडक्रसले प्रत्येक घरलाई १ थान त्रिपाल,२ थान कम्बल,२ थान धोती, १ सेट विद्यालयकोे पोषाक १ थान भाडाँसेट बल्टिन वितरण गरेको वरिष्ठ कार्यालय सहायक छिरिङ पाल्देन लामाले जनाकारी दिए ।
अदानचुली गाउँपालिकामा जायजेथा गुमाएका बाढी पीडितलाई जिल्ला रेडक्रस सोसाईटी केन्द्रिय तर्दथ समितिका केन्द्रिय सदस्य तथा जिल्ला रेडक्रस सोसाईटी हुम्ला शाखा समितिका मन्त्री छपालदोर्जी लामाले हस्तान्तरण गरेको वरिष्ठ कार्यालय सहायक छिरिङ पाल्देन लामाको भनाई छ ।

प्रकाशित मितिः सोमवार, अशोज ५, २०७७     6:10:43 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *