विकास भएन भने दिगो विकास हुदैँन प्रजिअः पोखरेल

हुम्ला–विकास नहुदाँ दिगो विकास सम्भव नरहेको हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी विनोद पोखरेलले बताएका छन ।
प्रधानमन्त्री आधुनिकरण परियोजना इकाई कार्यालय सिमकोटको सार्वजनिक सुनुवाई कार्यक्रम यस्तो बताएका हुन । जब सम्म समुदायस्तरमा विकास हुदैन तबसम्म दिगो विकास नहुने प्रजिअ पोखरेलले बताएका छन ।
सार्वजनिक सुनुवाई सुशासनको एक सुचक रहेकोले सकारात्मक आलोचना हुन समेत जरुरी रहेको प्रमुख जिल्ला अधिकारी पोखरेलको भनाई छ । सुशासनको सुचक उत्तरदायि,जवाफदेहिता रहेको उनले भने
पारदर्शिकता आफै सुशासन नभएकाले सार्वजनिक सुनुवाईमा जतिसक्दो सहभागिता बढी हुनुपर्ने उनले बताए । अधिकाश कृषकहरुमा अनुदानको माया नहुने हुदाँ समाज परनिर्भरता तर्फ धकेलिएको प्रजिअ पोखरेलको भनाई छ ।
प्रधानमन्त्री आधुनिकरण परियोजना इकाई कार्यालयले गरेको एक सार्वजनिक सुनुवाईमा बोल्दैँ सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले सुरुका वर्ष भन्दा आजभोली कृषकहरु खेतीपातीमा चासो दिन थालेको बताए ।
गाउँगाउँमा फलफुल खेतपातीमा आर्कषण बढदैँ गएको छ अध्यक्ष भण्डारीले भने । अनुदानमा कृषकहरुले माया गरेर आफु मन्ग्य आम्दानी गर्न थालेको बताए ।
सार्वजनिक सुनुवाई कार्यक्रमा सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी, प्रमुख जिल्ला अधिकारी विनोद पोखरेल, जिल्ला समन्वय समितिका सदस्य सरिता जेठारा,प्रधानमन्त्री आधुनिकरण परियोजनका इकाई प्रमुख रामदरेश राय लगायतको उपस्थिती रहेको थियो ।