धाँन दिवसकाे अवसरमा हुम्लाका ३ अगुवा कृषक पुरस्कृत

हुम्ला– २१ औ धाँन दिवसकाे अवसरमा हुम्ला जिल्लाका ३ जना अगुवा कृषकहरूलाई पुरस्कृत गरिएकाे छ।
  जलवायु मैत्री कृषि,धाँन उत्पादनमा वृद्धि भन्ने मुल नाराका साथ ३ जना कृषकलाइ कृषि विकास कार्यालय पुरस्कृत गरेकाे हाे।
मुख्यमन्त्री उत्कृष्ट कृषकहरूलाई पुरस्कृत गरिएकाे जिल्ला विकास कार्यालय हुम्लाले जनाएको छ। राष्ट्रिय धाँन दिवसकाे अवसरमा हुम्ला ३ जना अगुवा कृषकहरूलाई पुरस्कृत गरेकाे जिल्ला कृषि विकास कार्यालय हुम्लाकाे कार्यालय प्रमुख बखतबहादुर खडकाले बताए।
खडकाका अनुसार फलफुल खेतीमा प्रथम पुरस्कार नाम्खा गाउँपालिका-१  की लामु लामा, दृतिय चंखेली गाउपालिका-२ गाेबिन्द जैसी सिमकाेट गाउँपालिका-२  तृतीय पुस्कार ताक्ला छिरिङ लामा कार्यालय प्रमुख खडकाले बताए ।
जिल्ला भरका २५ जनाले आवेदन दिएका थिए विभित्र मापदण्डका आधारमा छनाैट गरिएकाे खड्काकाे भनाई छ।
प्रथम पुरस्कार राशी,४० हजार दृतिय पुरस्कार ३० हजार तृतीय पुरस्कार २० हजार रहेकाे खडकाले भने ।
कृषि विकास कार्यालयकाे लाेग सिमकाेट गाउपालिका र कर्णाली किसानकाे सम्पदा मूल्यावान लाेग समेत हस्तान्तरण गरिएकाे थियाे ।