हुम्ला– कर्णाली प्रदेश सरकारले ०७६ साल नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ गयो । औपचारिक शुभारम्भको पुर्वसन्ध्यामा माहोल भने निकै तातियो । भ्रमण वर्षमै घुम्ने योजना बनाउदैँ गरेको पर्यटकहरुको नयाँ र आर्कषक गन्तव्य खोजिरहेको थियो तर नयाँ ठाउँ घुमेर ‘लाइफ टाइम इक्सपेरियन्स’ लिन चाहानेहरूका लागि नयाँ गन्तव्य हुनेछ कर्णाली ।
कर्णाली अञ्चलका पाँच जिल्लासँगै सुर्खेत, दैलेख, जाजरकोट र रुकुम पश्चिम मिलेर बनेको कर्णाली प्रदेशमा घुम्नका लागि अथाह प्राकृतिक एवं धार्मिक सम्पदा र ऐतिहासिक धरोहर छन । तर साविक कर्णालीमा नेपालकै सबै भन्दा ठुलो ताल रारा देखि नेपालको सबैभन्दा उच्च स्थान रहेको मानव बस्ती डोल्पा धो प्राकृतिक ज्वालाहरूको क्षेत्र दैलेख, नेपाली भाषामा लेखिएको पहिलो अभिलेख दैलेखको दामुपाल,अग्लो झरना पचाल झरना, खस भाषाको उत्पति सिँजा, डोल्पाको शे–फोक्सुन्डो ताल, सुर्खेतको बुलबुले ताल र काँक्रेबिहारलगायतका गन्तव्यहरू छन । तर कर्णाली प्रदेशको हुम्ला जिल्लाका लुकेर रहेका नयाँ पर्यटकी गन्तव्य सरकारको योजना समेटिएन ।
कर्णाली भन्ने बित्तिकै अधिकांश नेपालीको मनमा रोग, भोक र विपन्नताको तस्वीर आउँछ । यहाँ आउनेहरू यहाँको गरिबीबारे बुझ्न आउने गरेका छन तर, धेरैलाई कर्णाली पर्यटकका लागि आकर्षक केन्द्र बन्न सक्छ भन्ने थाहै नहोला । यसैको एक हिंस्सा हो । पर्यटकीय गन्तव्यका रुपमा प्रचार प्रसार अभावमा ओझेलमा परेको चंखेली गाउँपालिका ५ स्थित टाँके भ्याली हो । यहाँ पाँचऔँले,कुटकी,जटामसी,सेतो चिनी अतिस,सर्पगन्धा, लगायतका बहुमुल्य जडीबुटी प्रशस्त मात्रा पाइने र झारल,घोरल,मृग, नावर लगायत जंगली जनवार पाइने हुम्लाको टाँके भ्याली राज्यको नजर नपुग्दा अझै पर्यटकीय गन्तव्य बन्न सकेको छैनन । ताल तलैया, छागा छहरा,झरना, प्रश्स्त भेटिने नयाँ गन्तव्य अझै सम्म ओझेलमै छ ।
बिहानीको सूर्यको किरणले गगनचुम्बी सेता हिमाललाई अंकमाल गरिरहेका थिए । फेदीमा गलैचा बिछ्याएझैं घाँसे मैदानमा भेडा र पशुवस्तु चरिरहेका छन् । भ्यालीको बीचमा कलकल हिमनदी बगिरहेको छ । भ्याली पशुवस्तु पनि आनन्दसँग आराम गरिहेका छन । घाँसेखर्कमा मन लोभ्याउन रंगीचंगी लेकाली फूलहरु फूलिरहेको देखिन्छन । गोठालाहरु आफ्नै ध्यानमा देखिन्छन ।
टाँके भ्याली नजिकै ठिङ्ग उभिएको छ ५३५८ मिटरको काङला भञ्ज्याङ्ग । काङ्ला भञ्ज्याङको फेदमा पर्छ टाँके भ्याली । यो भ्याली यति सुन्दर देखिन्छ की मानौ विभिन्न ग्रन्थहरुमा वर्णन गरिएको स्वर्ग यही ठाँउ हो । नेपाली उखान छ नजिकको तिर्थ हेला । भनेझैं स्थानीय सरकारले पनि यस ठाउँलाई खासै ध्यान दिएको जस्तो देखिंदैछ ।
चंखेली गाउँपालिका–५ नेप्कामा अवस्थित टाँके भ्याली पैदल एक दिन हिडेर पुग्न सकिन्छ । यहाँ खान बस्नका लागि स्तरीय होटल छैनन । भेडा र पशुवस्तु गोठमा बस्नुपर्छ तैपनी दुईचार दिन बितेको पत्तै नहुँदो रहेछ । छिनछिनमा फेरिइरहन्छ यहाँको मौसम । एकैछिनमा घाम लाग्छ एकैछिनमा बादल लागेर अँध्यारो भइहाल्छ ।
रमणीयस्थल हुँदाहुँदै पनि टाँके भ्याली स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्य बन्न सकेको छैनन । यो ठाँउलाई पदमार्गका रुपमा विकास मात्रै गर्ने सकेका चंखेली गाउँपालिका ५ का स्थानीयहरुको आम्दानीको श्रोत बन्ने सम्भावना छ । हुम्लाको लिमि लाप्चापछि हुम्ला चिनाउने अर्को पर्यटकीय गन्तव्य टाँके भ्याली नहुनेमा दुई मत छैन ।
नरजन तामाङ । १२ माघ २०८०, शुक्रबार १६:३९