भ्रष्टाचार गरेको रकमले चिसो छल्दै हुम्लाका जनप्रतिनिधी:विप्लव सेक्रेटरीकाे आराेप

सिमकाेट -हुम्लाका सातवटै गाउँपालिकामा भ्रष्टाचार गरेको रकमबाट जिल्लाका जनप्रतिनिधिहरु चिसो छल्न तराईमा झर्ने गरेको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी कमल सिंह बुढा विश्वदिप सीले आराेप लगाएका छन।

शनिबार नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको आयोजनामा सन्चालन भएको जनसभा कार्यक्रममा जिल्ला सेक्रेटरी विश्वदिपले यस्तो कुरा बताएका हुन् ।

विश्वका श्रमिकहरु एकजुट होऔँ, माक्सबाद लेनिनबाद, माओबाद जिन्दाबाद एकिकृत जनक्रान्ति जिन्दाबाद भन्ने मुल नाराका साथ आज हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा जनसभा कार्यक्रम सन्चालन भएको छ ।

पुजिवादी दलाल संसदिय व्यवस्थाको विकल्प बैज्ञानिक समाजबाद जनसभा कार्यक्रममा बोल्दै जिल्ला सेक्रेटरी विश्वदिपले हुम्लाका सातवटै गाउँपालिकाका जनप्रतिनिधिहरुलाई भ्रष्टाचारीको संज्ञा दिएका थिए ।

उनले हुम्ला जिल्लाका ५५ हजार भन्दा बढि नागरिकको नाममा आएको करोडौँ रकमलाई अनियमितता गर्दै जनप्रतिनिधिले आफ्नो व्यक्तिगत काममा खर्च गर्ने गरेको आरोप लगाए ।

जिल्लामा विभिन्न विकासे काममा छुट्याएको रकमबाट भ्रष्टाचार गर्दै हिउँदका समयमा चिसो छल्नकै लागि तराई झर्ने गरेको विश्वदिप सिंले जानकारी दिए । सरकारले प्रत्येक नागरिकलाई काम गरेर खाउ भनेर पठाएको रकमलाई हिनामिना गर्दै हुम्लाका जनप्रतिनिधिहरुले आफ्ना छोराछोरी, भाईबहिनीलाई खर्च गर्ने गरेको दावी गरे ।

विहान ११ वजेबाट सदरमुकाम सिमकोटमा सन्चालन भएको जनसभा कार्यक्रम नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज कुम्भ बुढा ९निर्माण०को अध्यक्षता तथा उत्तर कर्णालीका इन्चार्ज रंगविर परियार ९संगम० सिको प्रमुख आतिथ्यमा सन्चालन भएको थियो ।

सो कार्यक्रममा उक्त पार्टीले विभिन्न सांस्कृतिक कार्यक्रम देखाएको थियो । कार्यक्रममा बोल्दै उत्तर कर्णालीका इन्चार्ज संगम सिले आफ्नो पार्टीले पुजिबादी, भ्रष्टाचारीका विरुद्ध र देशको बढ्दो महङगीलाई न्युनिकरणका लागि अभियान सदैव रहने जानकारी दिए ।