हुम्ला,२३ पुस । हुम्लाको खार्पुनाथ गाउँ पालिका अन्तर्गत छिप्रामा एक घरमा आगलागी भएको छ ।
उक्त पालिकाको वडा नम्बर ४ छिप्रामा प्रकाश सिंह को घरमा बिधुत सर्ट भएर आगलागी भएको स्थानियले बताएका छन । घरमा आमा र छोरा भएको बुझिएको छ ।
प्रारम्भिक रिपोर्टका अनुसार घरमा मानविय क्षती केही नभएको तर धनमाल जलेर नस्ट भएको हो । अहिले स्थानिय र यान्छु प्रहरी पोस्ट बाट खटिएको टोलिले आगो नियन्त्रण लगिसकेको बुझिएको छ ।
हुम्लामा पछिल्लो समय बिधुत सर्ट भएर आगलागी भएको घटना बढिरहेका छन ।
कर्णाली रैवार संवाददाता । २३ पुष २०८०, सोमबार १०:५७