आत्महत्या रोकथाम गर्न अभिमुखिकरण तालिम

हुम्ला,१६ जेठ । जिल्ला प्रहरी कार्यालय हुम्लाले आत्महत्या रोकथामका लागि अभिमुखिकरण तालिम संचालन गरेको छ ।सिमिकोट गाउँपालिका -७ डांडाफयामा रहेको कैलाश माध्यमिक बिद्यालयमा उक्त तालिम दिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । “समुदाय-प्रहरी साझेदारी” अन्तर्गत उक्त कार्यक्रम गरियको हो ।

उक्त बिद्यालयमा अध्यनरत कक्षा ८,९ र १० का करिब ६० जनाले रोकथाम कार्यक्रममा सहभागिता जनाएका थिय ।

पछिल्लो पटक हुम्लामा आत्महत्याका घटना बढन थालेपछी जिल्ला प्रहरी कार्यालयले उक्त कार्यक्रम संचालन गरेको हो । यो कार्यक्रमले आत्महत्या रोकथाममा सहयोग पुग्ने अपेक्षा सरोकारवालाको रहेको छ ।