कर्णाली प्रतिष्ठानको सफलता ,अब ५० जना डाक्टर उत्पादन गर्ने !

जुम्ला, १० असोज । कर्णाली स्वास्थ्य बिज्ञान  प्रतिस्ठान जुम्लाले ५० जना डाक्टर उत्पादन गर्न पाउने भएको छ ।

बुधबार चिकित्सा शिक्षा आयोगले कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानका लागि, MBBS तर्फ ५०, Bsc. Nursing तर्फ २० सहित अन्य शैक्षिक कार्यक्रम यथावत रहने गरि(BNS, B. Pharm., BPH, BMS) अध्यन/अध्यापनको सिट निर्धारण गरे पछि प्रतिस्ठानले ५० जना चिकित्सक उत्पादन गर्ने अबसर पाएको हो

प्रतिस्ठानमा यो भन्दा अगाडि एम बि बि एस मा ३० सोट निर्धारण गरेकोमा यो बर्षबाट ५० सिट निर्धारण गरेको उपकुलपती डाकटर मंगल रावल ले बताए । रावलले ठूलो चुनौतिका बावजुत ५० सिट पाउनु ठूलो उपलब्धिको रुपमा रहेको बताए ।

५० सिट निर्धारण भए पछि प्रतिस्ठानका रजिस्टार नृपेन्द्र महतले सामाजिक संजालमा खुशी ब्यक्त गरेका छन । उनले सामाजिक संजालमा लेखेका छन ” प्रतिष्ठानको लक्ष्य, उद्देश्य र प्रगतिमा साथ-सहयोग गर्ने आयोगका उपाध्यक्ष डा. अञ्जनी कुमार झा, डाइरेक्टर डा. दिलिप शर्मा, डा. रमेश आचार्य, डा. आरति शाह लगायत सम्पुर्ण आयोग परिवार, अहोरात्र क्रियाशिल उपकुलपतिज्यु लगायत हाम्रो प्रतिष्ठानका पदाधिकारीज्युहरु, प्रतिष्ठानलाई गुणस्तरयुक्त समय सापेक्ष बनाइराख्ने फ्याकल्टी र कर्मचारी साथिहरु सबैलाई मुरी-मुरि धन्यवाद ! स्थापनार्थ पहलकर्ता, सकारात्मक सल्लाह-सुझाब प्रदान गर्ने,आलोचना गरेर सजग हुन बाध्य बनाएर सहयोग गर्ने, मौन बसेर हाम्रो कामको मुल्यांकन गर्ने सबैलाई हामी, हाम्रो खुसी बाड्न चाहन्छौ।

हाल प्रतिस्ठानमा BPH,BNMS,BMS. Bsc Nursing. लगाएतका शैक्षिक कार्यक्रम संचालन भैरहेका छन ।